बाजुराः हिउदे सिजन चिसोयाम शुरु भएसंगै बाजुरा लगायत हुम्ला,जुम्ला र मुगु जिल्लाका उच्च हिमालि भेगका भेडापालक स्थानिय भोटेहरु चिसो बढ्न थालेपछि भेडा,च्याङ्रा सहित बेसी झर्न थालेका छन् ।हिउदे सिजनमा हिमाली भेगमा बस्न मुस्किल हुनेभएपछि चिसो छल्न उनिहरु बेसी झर्न थालेका हुन् ।जिल्लाको हिमाली गाउँपालिका १ बिच्छ्याँका छिरीङ् भोटेले हिमाली भेगमा हिमपात शुरु भए संगै चिसो बढेपछी गाउँमा बस्न नसकीने अवस्था हुदाँ सबै गाउँका स्थानिय बालवालीका तथा चौपाय साथमा लिएर बेसी तिर झरेको बताउनु भएको छ । छिरिङले गत वर्षको भन्दा यस बर्ष चाँडै जाडो सुरु भएकाले पनि स्थानिय बासी चिसो छल्न छिटै बेसी झर्ने क्रम शुरु भएको बताउनु भएको छ ।

प्रत्येक बर्ष हिमाली भेगका भोटेहरु हिउँदे खेती लगाएर मंसिरको अन्तिम तिर बेसी झर्ने गरेका थिए । यो बर्ष चिसो छिट्टै बढेकाले मंसिरको शुरुवातमै बेसि झर्न शुरु गरिएको हो।यसरी बेसी झर्ने भोटेजाती हरु साथमा वृद्ध,वृद्धा बालवालीका सहित स परिवार भेडा, च्यांग्रा र बस्तु भाउ समेत साथमा ल्याएर जिल्लाको दक्षिणी भेगमा पर्ने बार्जुगाड सेरा, मालागाड, मनागाउ कालाआम,अछामको साँफे बगर डोटि लगाएतका विभिन्न जंगली क्षेत्रमा बसोबास ४देखि ६ महिना सम्म बस्ने गरेका छन्।बेसि झर्ने क्रममा उनीहरु गन्तव्य नपुगुन्जेल नदी खोला किनार र भेडा च्यांग्राको चरन भएको ठाउँमा बास बस्दै अगाडि बढ्ने गर्दछन् । गन्तव्यमा पुगेपछि घाँसपातले चारैतिरबाट बारेर बीचमा ठड्याएको प्लास्टिक पालभित्र यी परिवारको हिउँद बित्ने गर्दछ । ‘गाउँमा चिसो बढ्ने र पेट पाल्न पनि समस्या हुनेभएकाले औलतिर झर्नुपर्ने बाध्यता रहेको हिमाली भेगका भेडा पालक किसानहरुको गुनासो छ। जिल्ला बाजुराको उच्च हिमाली तथा लेकाली भुभागमा चिसो बढेसंगै हिमपात पनि सुरु भएकाले त्यहाँ बसोबास गर्ने भेडापालक किशान भोटेहरु बेसीतिर झर्न लागेका हुन । बाजुरा जिल्ला एक बिकट हिमाली जिल्ला भएकाले यहाँ पनि अत्याधिक चिसो संगै हिमपात हुने हुँदा यो तिन महिनाको अबधिमा अत्याधिक जाडो हुने हुँदा उच्च हिमाली तथा लेकाली भुभागमा बसोबास गर्ने भेडापालक औलतिरको यात्रामा लागीपरेका हुन । मंसिर,पुश र माघ को तिन महिना बेसीतिर बसेर फागुनको महिना लाग्न लाग्दा पुनः लेकतिरको यात्रा तय गर्ने गर्दछन ।












