युनिकोड    राशिफल    एफएम रेडियाे                        
391 पटक पढिएको

बाजुरा:  बाजुरामा ३४ हजारबढि नागरिकले गरे स्वास्थ्य बीमा गरेका छन् । स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिमका अनुसार बाजुरामा ३४ हजार ५८९, नागरिकले स्वास्थ्य बिमा गराएका छन् । गरीब तथा विपन्न नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउनका लागि सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्न थालेको छ । हालसम्म बाजुरासहित सुदूरपश्चिम प्रदेशका ५ लाख ४२ हजार ३७३ बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध भइसकेका छन् ।गत आर्थिक वर्षमा तीन लाख ५७ हजार ६५ ले स्वास्थ्य बीमा गराएका थिए भने आर्थिक वर्ष २०७८र७९ मा ३ लाख ५० हजार ५८२ जनाले स्वास्थ्य बीमा गराएका थिए। सुदूरपश्चिममा स्वास्थ्य बीमा कार्यक्रममा समावेश हुनेको संख्या क्रमशः बढिरहेको स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिमले जनाएको छ।

गत आर्थिक वर्षभन्दा यो वर्ष स्वास्थ्य बीमामा आवद्ध हुनेको संख्या १ लाख ८५ हजारले बढेको छ । स्वास्थ्य बीमा गराउनेको संख्या सबैभन्दा बढी कैलालीमा २ लाख ८० हजार ९५७ पुगेको छ भने कञ्चनापुरमा ५९ हजार ५२ तथा अछाममा ५५ हजार ४८३ ले स्वास्थ्य बीमा गराएका छन्। त्यस्तै बझाङमा ३९ हजार ९७३, बाजुरामा ३४ हजार ५८९, बैतडीमा २३ हजार ८५८, डडेल्धुरामा १९ हजार ९१०, डोटीमा १६ हजार ३५५, र दार्चुलामा १२ हजार १९६ जनाले स्वास्थ्य बीमा गराएका छन्।\n\nपुराना बिमित मध्ये करिब ८५ प्रतिशत भन्दा बढीले स्वास्थ्य बीमा नवीकरण गर्ने गरेको प्रमुख रमेन्द्रप्रसाद कुश्वाहले बताए। स्वास्थ्य बीमा गराए बिरामी हुँदा सरकारी स्वास्थ्य संस्थामा उपचार गराउँदा बीमा बोर्डले उपचारमा लागेको खर्च व्यहोर्ने गर्छ। स्वास्थ्य बीमामा सहभागी हुन पाँच जना सदस्य भएको परिवारले वार्षिक ३ हजर ५ सय प्रिमियम तिर्नुपर्छ भने पाँच जनाभन्दा बढी सदस्य भए एक सदस्य बराबर थप सात सयका दरले वार्षिक प्रिमियम बुझाउनुपर्छ।

 

बिमित परिवारका सदस्य बिरामी हुँदा एक लाख बराबरको उपचार शुल्क स्वास्थ्य बीमा बोर्डले अस्पतालहरूलाई भुक्तानी गर्छ। सरकारी अस्पतालमा उपचार सेवा सहज हुन लागेकाले सर्वसाधारणको स्वास्थ्य बीमामा आकर्षण बढ्न थालेको कुश्वाहले बताए। ‘अहिले स्वास्थ्य बीमा गर्न सरसाधारणमा रुचि बढेको छ। अस्पतालहरूमा उपचार पाउन सहज हुन थालेकाले बिमा गराउनेको संख्या बढ्न थालेको स्वास्थ्य बीमा बोर्ड कार्यालय सुदूरपश्चिम प्रदेशले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!