बाजुरा — हिमाली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनकलाल चौधरीको सुरुवा भएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्रअनुसार चौधरीको सरुवा भएको हो ।प्रमुख प्रशासकिय अधिकृतको रुपमा खटाएपछि भदौ १८ गते देखि चौधरी हिमाली गाउँपालिकामा हाजिर भएर कामकाज गर्दै आएका थिए । चौधरीको सुरुवापछि उनलाई आइतबार गाउँपालिकाले सम्मान सहित बिदाई गरेको गाउँपालिकाले जनाएको छ ।
त्यस्तै चौधरीको सरुवापछि गाउँपालिकामा निमित्त प्रमुख प्रशासकिय अधिकृतको रुपमा पुन राज बहादुर भण्डारी दोहोरिएका छन । विगत दुई बर्षदेखि गाउँपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृतमा रहेका भण्डारी भदौमा जनकलाल चौधरी आएपछि सूचना अधिकारी पदमा रहेर काम गरीरहेका थिए ।
चार महिनामै प्रमुख चौधरीको सरुवापछि भण्डारीलाई पुनः निमित्त प्रमुख प्रशाशकिय अधिकृतको जिम्मेवारी दिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृतको रुपमा आएका भण्डारीलाई गाउँपालिकाले स्वागत गरेको छ । साथै गाँउपालिकाका अधिकृत चौधरीलाई सम्मान सहित बिदाई गरीएको गाँउपालिकाले जनाएको छ । गाउँपालिकाले अनौपचारिक कार्यक्रम गरेर समान सहित बिदाई गरेको बताइएको छ । मङ्सिर १७ अर्थात आज अधिकृत चौधरीलाई गाउँपालिकाका कर्मचारीले सम्मान गर्दै दोसल्ला ओढाएर गाउँपालिकाको कार्यालयबाट बिदाई गरेका छन। उहाँको थप कार्यकालको शुभकामना दिदै पालिका बाट बिदाई गरेको हिमाली गाउँपालिकाले जनाएको छ।











