बाजुराः नेपाली काँग्रेस बाजुराको जिल्ला सम्मेलन तथा आम भेलाको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली काँग्रेस बाजुराले यहि मंसिर १९ गते अर्थात पर्शि जिल्ला सम्मेलन तथा आम भेलाको आयोजना गर्दै छ । जसको तयारी तिब्र रुपमा अगाडी बढिरहेको नेपाली काँग्रेस बाजुराले जनाएको छ । उक्त आम भेला तथा जिल्ला सम्मेलनको उद्घाटन नेपाली काँग्रेसका महामन्त्रि बिश्वप्रकाश शर्माले गर्ने कार्यक्रम तय गरीएको काँग्रेस बाजुराले जनाएको छ ।
नेपाली काँग्रेस बाजुराको जिल्ला सम्मेलन तथा आम भेलालाई सम्बोधन गर्न महामन्त्रि थापा पहिलो पटक बाजुरा आउन लाग्नुभएको छ । गत शुक्रबार नेपाली काँग्रेस बाजुराले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली काँग्रेस बाजुराले आयोजना गर्ने आम भेला तथा जिल्ला सम्मेलनको सम्बोधन गर्न महामन्त्रि शर्मा बाजुरा आउने काँग्रेस बाजुराले जानकारी गराएको थियो । पार्टीले आयोजना गर्न लागेको आम जिल्ला भेलाको तयारी अन्तिम चरणमा पुगिसकेको पनि बताइएको छ । उक्त आम भेलाको लागी खुलामंञ्च मार्तडीमा रहेको फिल्डको सरसफाई,प्याराफिडको सरसफाई, फिल्डमा रहेका सामाग्रीहरुको ओसारपसार गरी,रंग रोगन लगाएर तयारी पारिएको बताइएको छ । उक्त आम भेलाको लागी चाहिने अन्य सामाग्रीहरुको पनि ब्यबस्था गरीसकिएको बताइएको छ

भेलाका लागि तीनै तहका पार्टीका नेता तथा कार्यकर्ताहरुलाई सहभागी हुन समेत काँग्रेस बाजुराले जानकारी गराइसकेको छ । जिल्ला भेलाको तयारीका लागि पार्टीका भातृ संघ, तरुण दल,महलिा संघ,नेबिसंघलाई परिचालन गरिएको छ । मंसिर १९ गते हुने आम भेलालाई भब्यताका साथ सम्पन्न गर्न पाटीमा सबै आस्थावान नेताकार्यकर्ता लाई कार्यक्रममा उपस्थितको लागी पनि अनुरोध गरीएको छ । काँग्रेस महामन्त्री शर्माको उपस्थितिमा हुने कार्यक्रम भव्य हुने भएकाले सबैको उपस्थितको लागी कांग्रेस नेताहरुले आग्रह समेत गरेका छन । महामन्त्री शर्माको प्रमुख अथित्यतामा हुने कार्यक्रममा पार्टीका शिर्ष नेताहरू, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि,प्रदेश पधाधिकारी, पार्टिका भातृ संघ सुभेच्छुक सँस्थाका प्रमुख एवम् प्रतिनिधि लगायत अन्य नेता कार्यकर्तालाई उपस्तिथिका लागि समेत काँग्रेस बाजुराले अनुरोध गरेको छ ।











