बाजुरा । मौषममा बदलि आएसगै जिल्लाका उच्च हिमाली तथा लेकालि भेगतिर हिजो रातिदेखि हिमपात सुरु भएको छ। जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात र बेंसीतिर हल्का पानी पर्न सुरु भएको हो। उच्च हिमालि तथा लेकालि भुभागमा हिमपात सुरु भएसगै जनजिवन कष्ठकर बनेको छ । जिल्लाको सदरमुकाम मार्तडीमा पनि अत्याधिक जाडो बढेको पाईएको छ । सदरमुकाम आसपास अग्ला क्षेत्रमा बिहानै हिमापत भएको छ,त्यस्तै जिल्लाको पुर्बी उत्तरि भेगतिर पनि हिमापात र पानी परेर धेरै भन्दा धेरै जाडो महसुस गरिएको छ । पहिलोको बर्ष भन्दा यो बर्ष हिमापत अलि छिटो परेको स्थानियले बताएका छन्।
जिल्लाको गौमुल,बडिमालिका,हिमालि,जगनाथ,बुढिनन्दा,स्वामिकार्तिक लगायत अन्य पालिकाका उच्च हिमालि तथा लेकालि भुभागमा हिमपात भएको छ । त्यस्तै जिल्लाको बडिमालिका पर्यटकिय क्षेत्रमा भने अत्याधिक हिमपात भएको छ । लगातार दुई दिनको मौषम परिबर्तनका कारण जिल्लाका विभिन्न ठाउमा हिमपात सगै पानी परेपछि जिल्लाको जनजिवन कष्ठकर बनेको छ । चिसोबाट बृद्धबृद्धा,बालबालिका निकै प्रभावित बनेका छन । जाडो बढे संगै भुकम्पबाट प्रभावित घरपरिवार बढि प्रभावित बनेका छन । चिसोकै कारण रुघाखोकि,ज्वरो लगायत अन्य रोगका बिरामिको चाप अस्पतालमा निकै बढेको जिल्ला अस्पताल बाजुराका सुचना अधिकारी नृपराज गिरिले बताएका छन । मौषममा सुधार नआए पुनस् बिरामिको चाप बढ्न सक्ने अधिकारी गिरिले बताएका छन ।
हिमपातको कारण चिसो बढ्न थालेपछि उच्च हिमालि तथा लेकालि भुभागका स्थानिय निकै प्रभावित बनेका छन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले अझै केही दिन मौषम बदलि रहने बताएको छ । भारत उत्तर प्रदेशको न्यून चापीय क्षेत्र र पश्चिमी वायुको कारण यतिबेला नेपालको मौसम बदली भएको छ।महाशाखाका मौसमविद्का अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात भइरहेको बताईएको छ ।











