बाजुराः नेपाली काँग्रेस बाजुराको बृहत आम भेलाको सम्पुर्ण तयारी पुरा भएको छ । नेपाली काँग्रेस बाजुराले भोली बृहत आम भेलाको आयोजना गर्दै छ । जसको तयारी सबै पुरा भइसकेको नेपाली काँग्रेस बाजुराका सचिव तिलक पुरी ले बताएका छन् । उक्त आम भेला तथा जिल्ला सम्मेलनको उद्घाटन नेपाली काँग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले गर्ने कार्यक्रम तय गरीएको काँग्रेस बाजुराले जनाएको छ ।
नेपाली काँग्रेस बाजुराको जिल्ला सम्मेलन तथा आम भेलालाई सम्बोधन गर्न महामन्त्री शर्मा पहिलो पटक बाजुरा आउन लाग्नुभएको छ । पार्टीले आयोजना गर्न लागेको आम जिल्ला भेलाको तयारी सबै पुरा भइसकेको र कार्यक्रमको भोली उद्घाटन गरीने काँग्रेस बाजुराले जनाएको छ । उक्त आम भेलाको लागी खुलामंञ्च मार्तडीमा चारैतिर पाटीका झण्डा समेत लगाई सबै तयारी पुरा गरीएको छ । आम भेलाको लागी चाहिने अन्य सामाग्रीहरुको पनि ब्यबस्था गरीसकिएको काँग्रेस बाजुराले जनाएको छ ।

आम भेलाका लागि तीनै तहका पार्टीका नेता तथा कार्यकर्ताहरुलाई सहभागी हुन समेत काँग्रेस बाजुराले जानकारी गराइसकेको छ । जिल्ला भेलाको तयारीका लागि पार्टीका भातृ संघ, तरुण दल,महिला संघ,नेबिसंघलाई परिचालन गरिएको छ । भोली संञ्चालन हुने आम भेलालाई भब्यताका साथ सम्पन्न गर्न पाटीमा सबै आस्थावान नेताकार्यकर्ता लाई कार्यक्रममा उपस्थितको लागी पनि अनुरोध गरीएको छ । काँग्रेस महामन्त्री शर्माको उपस्थितिमा हुने कार्यक्रम भव्य हुने भएकाले सबैको उपस्थितको लागी कांग्रेस नेताहरुले आग्रह समेत गरेका छन । महामन्त्री शर्माको प्रमुख अथित्यतामा हुने कार्यक्रममा पार्टीका शिर्ष नेताहरू, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि,प्रदेश पधाधिकारी, पार्टिका भातृ संघ सुभेच्छुक सँस्थाका प्रमुख एवम् प्रतिनिधि लगायत अन्य नेता कार्यकर्तालाई उपस्तिथिका लागि समेत काँग्रेस बाजुराले अनुरोध गरेको छ ।












