युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
93 पटक पढिएको

अनिल शाही,बाजुरा– बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकालाई सडक संजालमा जोड्न कर्णाली नदिमा बेलिब्रीज बन्ने भएको छ । हाल सम्म सडक सञ्चालनमा नजोडिएको स्वामीकार्तिक खापर गाउँपालिकालाई तत्काल सडक सञ्चालमा जोड्नका लागि कर्णाली नदिमा वेलव्रिज वन्ने भएको हो । स्वामीकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिकालाई जोड्ने गरी स्वामीकार्तिकको वडा नं एकको काम्ती आसपासमा वेलिव्रिज निमार्ण हुने गाउँपालिकाले जनाएको छ ।
युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेश कुमार शाही र स्वामीकार्तिक खापर गाउँपालीकाका अध्यक्ष चिरन्जीवी शाहीको विशेष पहलमा सुदूरपश्चिम प्रदेश सरकारका अर्थ मन्त्री प्रकाश बहादुर शाहले कर्णालि नदिमामा वेलीव्रिज निमार्णका लागि ५ करोड वजेट विनियोजन गर्नु भएको हो । बाजुराका सवै स्थानिय तह सडक संजालमा जोडीसकेका र स्वामीकार्तिक खापर गाउँपालिका सडक संजालमा जोडीनका लागि बेलिव्रिज वाहेकको विकल्प नभएको अवस्थामा सुदुरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷७९ को वजेट विनियोजमै वेलिव्रिज निमार्ण पहिलो प्राथमितामा राखेको सुदूरपश्चिम प्रदेश सरकारका अर्थ मन्त्री शाहाका स्वकीय विचिव जंग विकले जानकारी दिनुभयो ।
स्वामीकार्तिक खापर गाउँपालिकालाई हाल सम्म सडक सञ्चालनमा नजोडिएको र जोड्न पनि निकै सकसपुर्ण भएको अवस्थामा तत्कालका लागि वेजिव्रिजको माग भए पछि प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले वजेट आर्थिक वर्षको विनियोजनमा ५ करोड विनियोजन भएको उहाँले बताउनुभयो । युवा संघ नेपालका केन्द्रिय सदश्य नरेश कुमार शाही र गाउँपालिकाका अध्यक्ष चीरन्जीवी शाहीको विशेष पहलमा निमार्ण हुने वेलिव्रिज अवको एक वर्ष भित्रै निमार्ण सम्पन्न हुने बताईएको छ ।
वेलिव्रिज निमार्णका लागि शाहीद्धयले लिनुभएको प्रस्ताव सुदुरपश्चिम प्रदेश सरकारले पनि सहजै स्वीकार गरेको र आर्थिक वर्षको वजेट विनियोजनको पहिलो प्राथमिकतामा पारेको अर्थ मन्त्री शाखाका स्वकीय सचिव विकले बताउनुभएको छ । जगन्नाथ गाउँपालिका वडा न २ को नुनेपानि र स्वामीकार्तिक खापर गाउँपालिका वडा न १ काम्ती लाइ मध्य विन्दु बनाएर बेलीव्रीज बनाउँन प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकाको मध्य भागमा रहेको कर्णालि नदिमा तत्काल पक्की पुल बन्न समय लाग्ने र स्वामीकार्तिक गाउँपालिका वडा न १ र २ साप्पाटाका जनतालाई पक्कीपुल बाट सेवा लिन असहज हुने हुदा काम्तीमा तत्काल बेलीव्रिज निर्माणका लागि पहल गरेको युवा संघ नेपालका केन्द्रिय अध्यक्ष नरेश कुमार शाहीले बताउनुभयो ।
स्वामीकार्तिक खापर गाउँपालीका जनतालाई तत्काल कर्णाली करीडोर तथा सडक संजालमा जोड्ने उद्देश्यले कर्णालिमा बेलीव्रिज निर्माण का लागि आफुहरुको मागलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री प्रकाश बहादुर शाहलाई गाउँपालिकाका अध्यक्ष चिरन्जीवी शाहीले धन्यबाद समेत दिनुभएको छ । आफ्नो कार्यकालमा कर्णालीमा बेलीव्रिज निर्माण गरी स्वामीकार्तिकका जनतालाई सहज रुपमा सडक संजालमा जोड्न अबको एक वर्ष भित्रै वेलीव्रिज निमार्ण हुने गरी बजेट विनियोजन गरेको प्रति प्रदेश सरकारको निर्णयलाइ आफुहरुले स्वागत गरेकोे गाउँपालिकाका अध्यक्ष शाहीले बताउँनुभयो ।
कर्णालीमा वेलिव्रिज निर्माण भएपछि स्वामीकार्तिक खापर गाउँपालिका, कर्णाली करीडोर लगायत छिमेकी जिल्ला मुगु कालीकोटका स्थानिय तहका जनताहरुलाई सहज हुने स्थानिय सतल विकले भनाई छ । कार्णालीमा एक वर्ष भित्रै बेलीव्रिज बन्ने भएपछि स्थानिय खुसी भएका उहाँले बताउनुभयो । त्यस्तै सुदुरपश्चिम प्रदेश सरकारले स्वामीकार्तिक खापर गाउँपालिकालाई स्याउ प्रसोधनका लागि ५ करोड रुपैया समेत विनियोजन भएको छ ।
स्याउ पकेट क्षेत्रका रुपमा रहेको स्वामीकार्तिकलाई आगामी आर्थिक वर्षका लागि स्वाउ प्रशाधन केन्द्रका लागि ५ करोड विनियोजन भएको अर्थ मन्त्रीका स्वकीय सचिव विकले बताउनुभएको छ । स्वामीकार्तिकका संकल्ब्या, रिब्डा, निफेरा, जेबाल्या, लोथी, जोरु, फुग्लु लगायतका दर्जनांै वढि ठाँउमा खेर गईरहेको स्याउलाई सदुपयोग गर्ने गरी स्याउ संकलन र प्रशोधनका लागि सो रकम विनियोजन भएको सदुरपश्चिम प्रदेश सरकारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!