बाजुराः बाजुराको बडीमालिका नगरपालिकाले सेवा क्षेत्र भित्रका सामुदायिक विद्यालयहरुमा दिवा खाजाको रुपमा हप्ताको एकदिन कोदोबाट बनेको परिकार खुवाउने भएको छ ।
बडीमालिकाको कृषि विकास शाखाको आयोजना र गिप्ट नेपालको सहयोगमा आज नगरपालिकामा गरिएको १ दिने अन्तरक्रिया गोष्ठीमा कोदोजन्य परिकारबाट बन्ने खाजा हप्ताको एक दिन विद्यालयका बालवालिकालाई खुवाईने बताइएको छ ।नगरपालिकाले अन्तराष्ट्रिय कोदोजन्य वाली बर्ष २०२३ को अवसरमा प्रत्येक बिद्यालयमा दिवा खाजाको रूपमा हप्ताको एक दिन कोदोवाट वनेको परिकार खुवाउने कार्यक्रममा सहभागी विद्यालयका प्रधानाध्यापक विव्यसका पदाधिकारी र सरोकारवाला निकायलाई जानकारी गराइएको हो ।