बाजुराः नेपाली काँग्रेस बाजुराको बृहत आम भेला सम्पन्न भएको छ। एक औपचारिक कार्यक्रमका बिच मार्तडीको खुला मञ्चमा आयोजना गरिएको बृहत आम भेला कार्यक्रम लाई नेपाली काँग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले सम्बोधन गर्नुभएको छ। महामन्त्री शर्माको प्रमुख आथित्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । नेपाली काँग्रेस बाजुराको जिल्ला सम्मेलन तथा आम भेलालाई सम्बोधन गर्नुभएका महामन्त्रि थापा पहिलो पटक बाजुरा आउननुभएको हो ।काँग्रेस महामन्त्री शर्माको उपस्थितिमा भएको कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। पार्टी नेतृत्वसँग भेटघाट र राष्ट्रिय राजनीति बारे जानकारी लिने अवसरका रुपमा उक्त कार्यक्रम खुला मञ्च मार्तडीमा सञ्चालन गरिएको हो। जिल्ला तहका पार्टी नेता कार्यकर्तासँग भेटघाट तथा संगठनको अवस्था बारे छलफल तथा समीक्षा गर्न आमसभा आयोजना गरीएको पार्टी सचिव भरत रोकायाले बताएका छन् । जिल्ला सम्मेलनका लागि अछाम पुगेका शर्मा आज बाजुरा आउनु भएको हो । शर्मा नेपाली काँग्रेस भित्र बहुप्रतिभा र प्रखर वक्ताको रुपमा स्थापित छन् । महामन्त्रि शर्मा कांग्रेस भित्र युवा पुस्ताको बिश्वासको पात्र हुन् । युवाहरु माझ लोकप्रिय नेता महामन्त्री शर्माको उपस्थितिमा भएको कार्यक्रममा नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति बाजुराका सभापती रामसिंह रावलकाे अध्यक्षतामा सुरु भएको बृहत आम भेला कार्यक्रमको प्रमुख अथिती महामन्त्री शिश्व प्रकाश शर्मा रहनु भएको थियो । कार्यक्रममा बिशिष्ट अथिती महामन्त्री शर्मा संगै बाजुरा पुग्नु भएका कांग्रेस नेता प्रमोद हरी गुँरागाई, नेपाली कांग्रेस पुर्व पार्टी सभापती द्धय मन बहादुर हादुर रावल कबिराज पण्डित, प्रदेश सभा सदस्य पदम बहादुर शाही, जुना दानी, संविधान सभाका सदस्य महा नेपाली रहनु भएको थियो । कार्यक्रममा पाटिका शिर्ष नेताहरू, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि,प्रदेश पधाधिकारी, जिल्ला कार्य समितिका पधाधिकारी, पालिका सभापति, वडा सभापति, पाटिका भातृ संघ सुभेच्छुक सँस्थाका प्रमुख एवम् प्रतिनिधि लगायत अन्य नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्त्व्य कांग्रेस बाजुराका सचिव नारायण पाध्यायले राख्नु भएको थियो भने कार्यक्रको सञ्चालन सचिव तिलकराज पुरीले गर्नभएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले महामन्त्रि शर्मालाई बाजुराका अवसर, चुनौती र सम्भावना बारे महामन्त्री शर्मालाई सुनाएका थिए ।
बाजुराका समस्या बारे महामन्त्री शर्काको मन्तव्य मार्फत जानकारी गराउदै उहाँ मार्फत सरकारको ध्यानाकर्षण गराइदिन अपिल गरेका छन् । बाजुराबाट फर्किदा बाजुराका समस्या पनि बोकेर जान आग्रह गर्दै नतोहरुले महामन्त्री मार्फत बाजुराका समसामयिक समस्याहरु संसद सम्म पुग्ने र उहाँले सरकारको ध्यानाकर्षण गराउन अपेक्षा व्यक्त गरेका छन् । महामन्त्री शर्माको बाजुरामा भएको उपस्थितिले बाजुराको विकासमा थप टेवा पुग्ने बिश्वास समेत व्यक्त गरेका थिए । बाजुरालाई सरकारले नै बजेटमा समेत सौतेनी व्य वहार गर्ने गरेका कारण बाजुरा अझै पुछारमा रहेको कुरा उल्लेख गर्दै वक्ताहरुले महामन्त्री शर्माले बाजुरा लगायतका पुछारमा रहेका जिल्लाका विषयमा महामन्त्री शर्माले सरकारको ध्यानकर्षण गराउन हु्नेछ भन्ने कुरामा आफुहरु बिश्वस्त रहेको कार्यक्रममा बोल्ने नेताहरुको भनाई थियो। पर्यटकिय सम्भावनाले, जडिबुट्टीका हिसावले, जल सम्पदा, उत्पादनका हिसावले बाजुरालाई आफैमा समृद्ध बनाउन सकिने थुप्रे सम्भावनाहरु बाजुरा जिल्लामा भएकाले राज्यको ध्यान केन्ध्रित बाजुरामा हुन सकेमा त्यसपश्चात बाजुरालाई राज्यको बजेटको समेत आवश्यक नपर्ने बक्ताहरुले बताएका हु्न् ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै .महामन्त्री शर्माले अव बाजुरा मुस्कुराए मात्र देश मुस्कुराउने बताउनुभयो। दुर्गम बाजुरा जिल्ला मुस्कुराउदा मात्र देश मुस्कुराउने उहाँको भनाई थियो। यदी बाजुरा नमुस्काए सम्म देश पनी मुस्काएको आभास नहुने संकेत महामन्त्री शर्माले गर्नुभयो । दाग,रहित अनुहारको साथमा बाजुरा मुस्कुराउनु पर्ने बताउदै अव कुनै आमाले स्वास्थ्य उपचार नपाएर मर्नु नपरेको बाजुरा हुनुपर्ने, ,बालविबाह मुक्त, घरेली हिंसा मुक्त, छाउपडी पर्था मुक्त,, बिभेदरहीत बाजुरा, शान्तिपुर्ण बाजुरा, जिल्ला भएर मुस्कराउनु पर्ने लगाएतका बिषयमा जोड दिनुभयो ।यसमा स्थानीय सरकारले थप जिम्मेवार बन्न आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो। बाजुरा धेरै प्रचुर सम्भावना बोकेको जिल्ला रहेको बतााउनुहुँदै उहाँले यसमा मैले झापा बाट चुनाव जितेपनी बाजुराको विकासको लागी सधै साथ समर्थन रहने बताउनु भयो । बाजुराबाट प्रत्यक्षमा एक जना माननीय जिताएर पठाएको भएपनि बाजुराका आवाज बोल्ने एक जना अर्को माननीय बिश्वप्रकाश पनि छ भनेर सम्झिन उहाँले आग्रह गर्नुभयो । बाजुराका समस्याहरु लाई संसदमा बुलन्द गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
त्यसैगरी शिक्षा,स्वास्थ्य र यातायात लगाएत क्षेत्रमा नपाली काग्रेसले थुप्रै काम गरेको दाबी गर्नुभयो। । प्रतिनिधि सभा सदस्य समेत रहेका शर्माले देशलाई विकासोन्मुख बनाउन मिसन होईन भिजन हुनुपर्ने उक्त कार्यमक्रमा बताउनु भयो । नेपाली काँग्रेस सरकारमा भएपनि गलत कार्यको विरोध गर्नु लोकतान्त्रिक अभ्यास भएको महामन्त्री शर्माको भनाई थियो। नेताहरुले चुनाबको मात्रै चिन्ता गरेर बस्ने हो भने अझै देशको विकास र समृद्धि पछाडी धकेल्लिने चिन्ता व्यक्त गर्नुभयो । सरकारले गर्ने हरेक गतिविधीमा निगरानी गरेर गलतको खवरदारी र सही कामको समर्थन गर्न पछि नहट्ने महामन्त्री शर्माले प्रतिवद्धता जनाउनुभयो ।












