युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
123 पटक पढिएको

बाजुराः नेपाली कांग्रेसका नेता प्रमोद हरी गुँरागाइले नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापालाई तपाई कहिले सुध्रिनुहुन्छ भनेर प्रश्न गर्नुभएको छ। नेपाली कांग्रेसले आयोजना गरेको जिल्ला आम भेला कार्यक्रमलाई सम्बोधन गर्न बाजुरा पुग्नु भएका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा संगै बाजुरा पुग्नु भएका उहाँले कर्ण थापा प्रति लक्षित गर्दै यस्तो बताउनुभएको हो।प्रतिसोधको राजनिती गर्ने हो भने एमाले बन्न र सहकार्यको राजनीति गर्ने भए कांग्रेसमा आबद्ध हुन आग्रह गर्नुभयो । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा संग चुनाबमा प्रतिस्पर्धा गरेकाहरु अहिले प्रतिनिधि सभाको सांसद बनेको उदाहरण दिनुहुँदै उहाँले भिम रावलले केपी ओली संग प्रतिस्पर्धा गरेकै कारण पार्टी बाट टाढा राख्नु कस्तो लोकतन्त्र हो कर्ण थापा जी ? भन्दै प्रश्न गर्नुभएको हो । सुदूरपश्चिममा भिम रावललाई पछारेर केपी ओलीको आडमा कर्ण थापा आफू अगाडि बढ्नका लागि भिम रावल जत्तिकै प्रभावशाली नेतालाई पार्टीका गतिविधिमा सहभागी नै नगराउनुको पछाडी सुदूरपश्चिमबाट कर्ण थापाको प्रमुख भुमिका रहेको नेता गुँरागाइको भनाईको तात्पर्य थियो । सुदूरपश्चिममा भिम रावल एक्लिनुको पछाडीको कार्ण कर्ण थापा नै रहेको व्याङग्यात्मक अभिव्यक्ति दिएका हुन्। आफ्नै पार्टीको प्रभावशाली नेतालाई संगै लिएर जान कर्ण थापाले नसकेको आरोप लगाउनुहँदै उहाँले कर्ण थापा प्रति लक्षित गर्दै कहिँले सुध्रिने भनेर सार्वजनिक कार्यक्रममै सोध्नु भएको छ।

 

उहाँले भन्नुभयाे, “केपी ओली संग चुनाब लडेपछी माननीय बन्न नपाइने हो ? की लोकतन्त्रमा केपी ओली संग चुनाब नै लड्न पाइदैन ? यदि यसो होईन भिम रावललाई किन टिकट दिइएन ? म कर्ण थापालाई सोध्न चाहान्छु, तपाई कहिँले सुध्रीने हाम्रा त सभापति शेर बहादुर देउवा संग चुनाब लडेका बिमलेन्द्र निधि लगायतका मान्छेले टिकट पनि पाए, माननिय पनि बने ” तपाइँको तर तपाईको पार्टीले किन भिम रावलाई टिकट दिएन? उहाँले सोध्नुभयो, पार्टी भित्र म बाहेक हरु कोही ठिक छैनन् भन्ने मानसिका कुनै पनि राजनितिज्ञमा नहुनुपर्ने गुण रहेको केपी ओली प्रति लक्षित गर्दै उहाँले बताउनुभयो ।

पार्टीकै नेताहरुलाई मिलाएर लैजान सक्ने हैसियत नभएका एमाले अध्यक्ष ओलीले समृद्ध नेपाल र सुखी नेपालीको भुटो नारा लगाउनु दिवा सपना जस्तै हुने उहाँको भनाईको आसय थियो। पार्टीका नेताहरुलाई संगै सहकार्य गरेर अगाडी बढ्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो ।बाजुरामा चुनाबका बेला मानिसहरुको हत्या गरेर चुनाब जित्ने कुरा संतोषजनक नभएको पनि उहाँले स्पष्ट पार्नुभयो । यस्तै उहाँले बाजुरा जिल्ला सम्भावना नै सम्भावना भएको जिल्ला रहेको बताउनुहुँदै उहाँले सम्भावनाको भरपुर उपयोग गरि बाजुराको विकासलाई समृद्धिको यात्रामा अगाडी बढाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “काठमाडौंमा पशुपति छ, बडीमालिका छैन, स्वयम्भू नाथ छ, बुढीनन्दा लगायतका प्रसिद्ध सुन्दर पर्यटकिय क्षेत्र छैनन् त्यससकारण बाजुरा काठमाडौं बनाइराख्न पर्दैन, बाजुरा बाजुरा नै बन्नुपर्छ, बाजुरामा थुप्रै सम्भावना छन्, सरकारले पनि बाजुरालाई विशेष प्राथमिकतामा राख्नुपर्छ ”

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!