बाजुराः जिल्ला प्रहरी कार्यालय बाजुरामा प्रविधिमैत्री सेवा क्युआर कोड उद्धाटन गरिएको छ ।प्रहरी कार्यालयले आफ्नो सेवा सुविधालाई छिटो छरितो, व्यवस्थित तथा प्रभावकारी बनाउन क्युआर कोड सेवा हिजोबाट प्रयोगमा ल्याएको हो । उक्त सेवा प्रयोगमा आएसंगै प्रहरी सेवा थप आधुनिकिकरण हुने र नागरिकका गुनासा तथा सुझाव सल्लाह तत्काल सम्बोधनमा सहयोग पुग्ने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
यस सेवाले कार्यालयको सेवा छिटो छरितो हुनुका साथै नागरिकका गुनासा, रचनात्मक सुझाव सहजै सुनुवाई हुनुका साथै शान्ति सुरक्षामा समेत सहयोग पुग्ने बाजुरा प्रहरी प्रमुख कविन्द्रसिंह बोहराले बताएका छन ।उनले भने अबदेखि नागरिकलाई आफ्ना सुझाव, गुनासा, उजुरी वा निवेदन दिन कार्यालयमै पुग्नु पर्ने बाध्यता टरेको छ । उक्त क्युआर कोड बाटै सबैले आफ्ना गुनासाहरु राख्न पाइने प्रहरी प्रमुख बोहराले बताएका छन । प्रहरी कार्यालय बाजुराले जनाएको छन ।











