बाजुरा — सदरमुकाम मार्तडीस्थित बडिमालिका नगरपालिका स्तरिय युवा सञ्जाल गठन गरिएको छ । नगरपालिकामा बिहिवारबाट सुरु भएकोे विकासका लागि युवा सम्मेलन कार्यक्रममा मार्फत आज युवा सञ्जाल गठन गरिएको नगरपालिकाले जनाएको छ । हिजो नगरपालिकामा विकासका लागि युवा सम्मलेन कार्यक्रमको उद्धाटन गरिएको थियो भने आज बन्दसत्रबाट युवा सञ्जाल गठन गरिएको नगरपालिकाले जनाएको छ । उक्त नगर स्तरिय युवा सञ्जाल १३ सदस्यीय कमिटि गठन गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रंगमल विकले जानकारी दिनुभएको छ । जसमा युवा सञ्जालको अध्यक्षमा सन्तोष विक चयन भएका छन । त्यस्तै उपाध्यक्षमा सुनिता बोहरा, सचिवमा बिरेन्द्र रावल, सहसचिवमा सन्दीप बम र सुनिता जैसी चयन भएका छन ।
त्यसै गरि कोषाध्यक्षमा सागर विक, सदस्यमा ईश्वरा ऐडी, सरस्वती कार्की, जनकराज उपाध्यक्ष, कल्पना विक, दिपकराज जैशी र अमर खड्का चयन भएका छन ।उक्त नगर स्तरिय युवा सञ्जालको नव गठित नेतृत्वलाई सहभागी अथितिबाट टिका लगाएर बधाई ज्ञापन गरिएको छ । नगरपालिकाले पहिला नगर भरी रहेका वडामा वडा स्तरीय युवा सञ्जाल गठन गर्न आग्रह गेको थियो । अन्य सबै वडामा युवा संञ्जाल गठन गरीएको भएता पनि वडा नं ७ मा भने गठन गरीएको थिएन । वडामा युवा संञ्जनाल गठन नै नगरी कसरी छनोट गरेर पालिकामा ल्याए होलान् भनेर कतिपयले आरोप समेत लगाएका छन । नियम अनुसार जाने हो भने पहिला वडामा गठन गरेर वडाबाट छनोट गरी प्रतिनिधि पालीकामा ल्याउने प्रावधान रहेको भएता पनि त्यसो नभएको बताइएको छ ।











