गाेबिन्द्र राज तिमिल्सेना,बाजुराः हिमालयन लाइफ इन्स्योरेन्स द्धारा बडिमालिका नगरपालिका वडा.नं. ७ मा न्यानो लुगा बितरण गरीएको छ । ज्ञानोदय माध्यामिक बिद्यालयमा अध्ययनरत २० जना बिद्यार्थी, लगायत एकल महिला तथा बृद्ध पुरुषहरुलाई न्यानो लुगा बितरण गरीएको हिमालयन लाइफ इन्सोरेन्स लिमिटेड केन्द्रिय प्रमुख नबिन कुमार थापाले जानकारी दिनुभएको छ । चिसोबाट बच्नको लागी थोरै भएतापनि बिद्यालयमा अध्ययनरत बिद्यार्थी तथा गाँउका एकल महिला,बृद्ध पुरुषहरुलाई न्यानो कपडा सहयोग गरीएको प्रमुख थापाको भनाई रहेको छ । हरेक ठाँउमा यस्तै गतिबिधि संञ्चालन गर्दै गर्दा आज यो ठाँउमा आएर स साना बिद्यार्थी, बृद्धबृद्धा तथा एकल महिलाहरुलाई न्यानो लुगा बितरण गर्न पाँउदा खुसी लागेको थापाले बताएका छन । यो संस्थाले हरेक ठाँउमा बिभिन्न समयमा सामाजिक गतिबिधि संञ्चालन गर्दै आएको जानकारी दिनुहुदै यो चिसोको समयमा अलिकती जाडो छेल्न भएतापनि उक्त लुगा बितरण गरीएको उहाँले बताएका छन । चिसोको समय न्यानो लुगाकपडाहरु पाँउदा बिद्यार्थी,एकल महिला तथा बृद्धबृद्धाहरु खुसी हुदै सहयोग गर्ने संस्थालाई धन्यबाद समेत दिएका छन ।
चिसोको समयमा न्यानो लुगा बितरण गरेर सहयोग गरेको प्रति ज्ञानोदय माध्यामिक बिद्यालयका बि.ब्य.स. अध्यक्ष उमाकान्त पाध्यायले सहयोग गर्ने संस्था प्रति आभार प्रकट गर्दे धन्यबाद समेत दिएका छन । यो चिसोको समयमा बिद्यालयमा आउने बिद्यार्थी,गाँउका बृद्धबृद्धाहरुलाई सानै भएतापनि ठुलो राहत मिल्ने उहाँले बताएका छन । साथै सहयोग गर्ने संस्थाप्रति थप शुभकामना दिदै फेरी पनि यस्तै क्रियाकलापहरु दैनिक संञ्चालन गरी अगाडी बढ्न सहयोग संस्था हिमालयन लाइफ इन्सोरेन्सलाई आग्रह समेत गरेका छन । कार्यकम्रमा बोल्दै बिद्यालयका प्रधानाध्यापक समेत रहेका बिजयराम पाध्यायले यो न्यानो लुगाकपडा बितरण कार्यले बिद्यार्थीमा ठुलो सहयोग मिल्ने बताएका छन । आर्थिक अबस्था कमजोर भएका बिद्यार्थीहरुको लागी यसले ठुलो सहयोग गर्ने समेत बताएका छन । धनिहरुले त जस्तोसुकै कपडाहरु किनेर लगाउन सक्छन तर बिद्यालयमै अध्ययनरत आर्थिक अबस्था कमजोर भएका बिद्यार्थीहरुले महंगो कपडा किनेर लगाउन नसक्ने हुँदा यो चिसो समयमा न्न्यानो कपडा बितरण गरेर साथ दिने सहयोगी संस्था प्रति उहाँले पनि धन्यबाद दिएका छन ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले यो न्यानो लुगा बितरण कार्य स्रहानिय भएको बताउदै यस्ता खालका गतिबिधिहरु हरेक ठाँउमा संञ्चालन गर्न आबश्यक रहेको बताएका छन । यस्ता सामाजिक कार्यहरु सबै संस्थाले उतिकै संञ्चालन गर्न पनि आबश्यक रहेको उहाँले बताए । जिल्लाका हरेक ठाँउमा यस्तै प्रकारका कार्यक्रम संञ्चालन गर्ने हो भने यो समयमा कुनै पनि आर्थिक अबस्था कमजोर भएका ब्यक्तिहरुले चिशोको पिडा सहनु नपर्ने बताएका छन । चिसोमा लुगाकपडा बिना कोहि बस्न सक्दैन,भन्दै हरेक समयमा लुगाको महत्व भएतापनि यो चिसोको समयमा धेरै महत्व रहेको उहाँले बताएका छन । चिसोकै कारण देशमा कतिपयले ज्यान गुमाउनु परेको उदाहरण दिदै यो चिसोको समयमा चिसोबाट बच्न लुगा बितरण गरेको प्रति उहाँले सहयोगी संस्थालाई धन्यबाद ज्ञापन गरेका छन । कार्यक्रममा बोल्ने सबै बक्ताहरुले लुगा बितरण गर्ने संस्थाप्रति सबैले आभार प्रकट गर्दै थप कार्यको लागी शुभकामना समेत दिएका थिए ।
एक औपचारीक कार्यक्रमका बिच ज्ञानोदय माध्यामिक बिद्यालयका बि.ब्य.स अध्यक्ष उमाकान्त पाध्यायको अध्यक्षतामा संञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल रहनु भएको थियो । कार्यक्रममा हिमालयन लाइफ इन्सोरेन्स लिमिटेडका केन्द्रीय प्रमुख नबिन कुमार थापा,प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक कबिन्द्र सिंह बोहरा,कार्यबाहक बडा अध्यक्ष डबल बि.क बिशिष्ट अतिथि रहनुभएको थियो । उक्त लुगा बितरण कार्यक्रममा वडा सदस्य पार्वती (जोशि) हमाल,बिद्यालयका प्रधानाध्यापक बिजयरामा पाध्याय,बिद्यालयका अन्य शिक्षक,शिक्षिका,बिद्यालयका बिद्यार्थी,बृद्धबृद्धा लगायत अन्य स्थानियको बाक्लो उपस्थित रहेको थियो ।