चिरञ्जिवी खड्का
बाजुरा ०३ जेष्ठ २०७८
जिल्लाको बुडीगंगा नगरपालिकामा वडा नंं ५ मा स्थापित दलित नेटवर्कले अति बिपन्न, गरिव र जेहन्दार १५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेको छ ।
नेटवर्कका अध्यक्ष पदम सार्कीको अध्यक्षतामा सो शैक्षिक सामाग्री वडा नंं ५ का वडा अध्यक्ष अतिथी वडा अध्यक्ष केशब बहादुर थापा मार्फत हस्तान्तरण गरिएको हो । वडा स्तरिय दलित नेटवर्कका अध्यक्ष पदम सार्कीको अध्यक्षतामा भएको शैक्षिक सामाग्री वितरण कार्यक्रम वडा नं ५ को वडा कार्यालयमा भएको थियो ।
शैक्षिक सामाग्री सहयोग कायर्यक्रममा वडा अध्यक्ष केशब बहादुर थापा, बुढीगंगा नगरपालिका नगर दलित नेटवर्कका कोषध्यक्ष शुसिला मिजार र वडा कार्यालयका जन प्रतिनिधीहरुको उपस्थित रहेको थियो ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष थापाले यसरी गाँउ समाजमा रहेका गरिव, जेहेन्दार र विपन्न बर्गका बालबालिकाहरुलाई आ–आफ्नो तह र तप्काबाट आगामी दिनहरुमा पनि वडा स्तरबाट हुसने सहयोग गर्ने बताएका छन ।
सो वडा का अति विपन्न बालबालिककाहरुलाई प्रति विद्यार्थी १/१ दर्जन कापी, १/१ दर्जन डट्पेन, १ जोडा बिद्यालयमा लगाउने स्कुल ड्रेस, १ /१ वटा स्कुल ब्याग समेत सहयोग गरेको बुढीगंगा नगरपालिका स्तरिय दलित नेटवर्कका कोषा अध्यक्ष शुसिला मिजारले लोकतन्त्र बिहानी न्युजलाई जानकारी दिइन् ।