गाेबिन्द्र राज तिमिल्सेना,बाजुराः बझाङ्गी समाज लगायत प्रमुख जिल्ला अधिकारी सहतिको टोली जिल्लाको रमणिय तथा पर्यटकिय स्थल कालाजग्रा गएका छन । पर्यटन पर्बद्धनका लागी नगरपालिका तथा बडिमालिका नगरपालिका वडा.नं ७ ले गरेको “ पोरखे कालाजग्रा क्षेत्रको प्राकृतिक सौन्र्दयता अवलोकन गरौ,स्थानिय रैथाने उत्पादन भोजन तथा बोका उपहार लिउँ ” अभियानको पहिलो सुरुवात भएको वडिमालिका नगरपालिकाका नगरप्रबक्ता तथा बडिमालिका नगरपालिका वडा.नं.७ का वडा अध्यक्ष समेत रहेका धर्मराज पाध्यायले आफ्नो सामाजिक संञ्जालमा लेख्नुभएको छ । पहिलो दिन अर्थात आज बझाङ्गी समाज लगायत प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल,प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कबिन्द्र सिंह बोहरा सहित ३० जनाको टोली कालाजग्राको भ्रमण तथा त्यहाँको सुन्दरताको अवलोकन गर्न उक्त पर्यटकिय स्थलमा पुगेको अध्यक्ष पाध्यायले जानकारी दिनुभएको छ ।

नगर तथा वडाले गरेको यो अभियान आजका दिनबाट थप सार्थक बन्दै जाने समेत उहाँले बताएका छन । बडिमालिका वडा.नम्बर.७ मा रहेको उक्त पर्यटकिय स्थल कालाजग्राको भ्रमणमा आउने ३० जना सहितको टोलीलाई नगर तथा वडाले स्वागत गर्ने कार्यक्रम आजबाट शुभारम्भ भएको समेत जानकारी दिनुभएको छ । कालाजग्रा एक सुन्दर तथा रमणिय पर्यटकिय स्थल मात्रै नभई धार्मिक हिसाबले पनि त्यति नै महत्वपुर्ण रहेकोले उक्त क्षेत्रको भ्रमण गर्न आबश्यक रहेको बताउदै,उक्त क्षेत्रमा घुम्न जाने पर्यटकको मनको इच्छा पुरा हुने कालीका देविको दर्शन पाए घरमा सुख शान्ति मिल्ने,शरिरमा कुनै आलस्य उत्पन्न नहुने धार्मिक बिश्वास रहेको बताउदै पर्यटकिय स्थल कालाजग्राको सबैले भ्रमण गर्न आबश्यक रहेको अध्यष्क्ष पाध्यायले बताएका छन । कालाजग्रा समुन्द्री सतहबाट करिब ३२०० मिटरको उचाईमा रहेको एक सुन्दर तथा धार्मिक महत्व बोकेको पर्यटकिय स्थल हो। उक्त स्थलको भ्रमण गरे सबै पाप नास हुने,कालीका देविको दर्शन पाए जिवनमा जस्तो सुकै पापहरु पग्लेर जाने,मनले सोचेको कुरा प्राप्त हुने धार्मिक बिश्वासका साथ धेरै भन्दा धेरै पर्यटकहरुले त्यहाँको भ्रमण गर्ने गर्दछन ।

बझाङ्गी समाज लगायत प्र.जि.अ सहतिको ३० जना भन्दा बढीको टोलीलाई बोका उपहार दिएर स्वागत समेत गरएिको छ । पर्यटकिय स्थलमा पर्यटकको आगमन बढाउनको निमित्त यो अभियान संञ्चालनमा ल्याइएको अध्यष पाध्यायले जनाएका छन । यस अभियान बाट पक्कै न पक्कै पर्यटकको आगमन बढ्ने लगायत ठाँउको पहिचान हुने,वडामा पालन गरीएका बोकाहरु त्यहिका बिक्रि हुने,अर्गानिक खानाका परिकार बिक्रि हुने आलु कोदो बाट बनेका परिकारकारको पहिचान तथा बिक्रि बितरण हुने हुँदा यो अभियान बाट समुदायमा आर्थिक लाभ हुने बिश्वास लिएको अध्यक्ष पाध्यायले बताएका छन । बाहिर जिल्लाको अर्थतन्त्रलाई पनि संञ्चित गरी समाजलाई आर्थिक उन्नतीको बाटोमा हिडाउन सकिने पनि उहाँले बताएका छन । गाँउमा उत्पादित मिठामिठा परिकारहरुको भोजन समेत गर्न पाईने बताउदै स्थानिय बालीको पर्बद्धन.उत्थान तथा बजारीकरणमा पनि यो अभियानले बिषेष सहयोग गर्ने आफुले बिश्वास लगीएको अध्यक्ष पाध्यायले बताए । पर्यटन पर्बद्धनका लागी यसले थप टेवा पुर्याउने उहाँले बिश्वास ब्यक्त गरेका छन ।बझाङ्गी समाज लगायत प्रमुख जिल्ला अधिकारी सहति ३० जना भन्दा बढीको टोलीले उक्त पर्यटकिय क्षेत्रको अवलोकन तथा त्यहाँको सुन्दरताको पहिचान , कालीका देविको दर्शन गरी उपहार स्वरुप पाएको बोकाको वली दिएर वनभोज सहित रमाइलो गरी टोली फर्किएको छ ।












