गाेबिन्द्र राज तिमिल्सेना,बाजुराः कर्मचारी युनियन बहुउदेश्यीय सहकारी संस्था बाजुराको ९ औ बार्षिक साधारण सभा तथा तेस्रो अधिबेशन सम्पन्न भएको छ । आज एक औपचारीक कार्यक्रमका बिच सदरमुकाम मार्तडीमा रहेको नगरपालिकाको नँया सभाहलमा उक्त सहकारीको ९ औ बार्षिक साधारण सभा तथा तेस्राे अधिबेशन सम्पन्न भएको छ । कर्मचारी युनियन संघ नेपाली काँग्रेसमा आबद्ध शुभेच्छुक संस्था भएको भन्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका पुर्व पाटी सभापति कबिराज पण्डितले यो संस्था जोगाउनको निमित्त हामी सबै लाग्नु पर्ने बताएका छन । गाँउघरमा छरिएर रहेको पुँजी संकलन गर्नमा सहकारीको महत्वपुर्ण भुमिका रहेको भन्दै यो सहकारीले जिल्लामा ठुलो भुमिका निर्वाह गरीरहेको हुँदा थप गतिशिल बनाएर अगाडी बढाएर लैजान उहाँले आग्रह गरेका छन ।सहकारी सञ्चालन गर्न आधार मुल्यहरु र नैतिक मुल्यहरुलाई आत्मसात गरी अगाडी बढ्यो भने सहकारी संञ्चालनमा सोचेजस्तो लाभ लिन सकिने समेत उहाँले बताएका थिए । लैगिंक तथा अन्य कुनै आधारमा भेदभाव नगरी समान सहभागीताको आर्दशमा काम गर्ने,सामाजिक सिमान्तीकरणमा परेका सदस्यहरुलाई अगाडी ल्याउन सकारात्मक पहल गर्ने सहकारी सस्थाको प्रमुख मान्यता रहेको पनि उहाँले बताएका थिए ।

कार्यक्रममा बोल्दै संस्थाका संस्थापक अध्यक्ष रामचन्द्र यादवले सहकारी संञ्चालन गर्न सबैभन्दा पहिला संञ्चालक समिति जिम्बेवार बन्नु पर्ने बताएका थिए । नेपालमा कतिपय संस्थाहरुमा संञ्चालक समिति जिम्बेवार नहुँदा संस्थाहरु मर्ज हुने क्रम बढेको बताँउदै सबैभन्दा पहिला सहकारी सञ्चालन गर्न संञ्चालक समिति बढी जिम्बेवार बन्नु पर्ने कुरामा जोड दिनुभएको थियो । कुनै सहकारी तथा संघ सस्थाको सेयद सदस्य बन्न सबैले समयमा सस्थाले साधारण सभा गरेको छ वा छैन, सबै सेयर सदस्यलाई समान ब्यबहार गरीएको छ वा छैन, ऋृण लगानीमा ब्याजदर कति छ भन्ने लगायत अन्य कुरा जान्न जरुरी रहेको समेत बताएका थिए । सहकारी भनेको बचत संकलनको एक प्रमुख स्रोत भएको हुँदा यसलाई जोगाई राख्न महत्वपुर्ण भुमिका रहेको उहाँले बताए ।

कार्यक्रममा बोल्दै कार्यक्रममका बिशिष्ट अतिथि बडिमालिका नगरपालिका नगर सभापति गोपाल कार्कीले सहकारी जोगाउन एक जनाले मात्र नहुने भन्दै सहकारीको उचित ब्यबस्थापन गर्न सबैको उतिनै भुमिका हुनुपर्ने बताएका थिए । सहकारीमा बचतकर्ताले पनि नियमअनुसार सहकारीको भुमिका निर्वाह गरे सहकारी संञ्चालन गर्नमा ठुलो सहयोग मिल्ने बताए । प्रासंगिकताको सहकारिताका सदस्यहरूका लागि आर्थिक प्रोफाइल हो, ताकि उनीहरूले आफ्ना उत्पादनहरू र सेवाहरू बजारमा अधिक प्रतिस्पर्धी तरिकामा डिस्पोज गर्न सक्छन्। भन्ने कुरामा समेत उहाँले जोड दिनुभयो । सहकारी भन्नाले कुनै निश्चित उद्देश्य प्राप्त गर्नका लागि सामूहिक रुपमा मिलेर गरिनेसहकार्यलाई बुझाउँछ । मानिसमा रहेको आफ्नो क्षमतालाई सामूहिक रुपमा उपयोग गरी बढी उपलब्धी हासिल हुने प्रणाली सहकारी हो भनेर उहाँले बताएका थिए ।

कार्यक्रममा बोल्दै प्रेश युनियन जिल्ला अध्यक्ष संगिता तिमिल्सेनाले अहिले देशमा आर्थिक मन्दी रहेको बताउदै आहिले समयमा सहकारी संञ्चालन गर्न अलि समस्या हुने गरेको बताएकी थिईन् । तर सबैले हातेमालो गरेर अगाडी बढ्यो भने त्यति समस्या नपर्ने समेत बताईन । । कमजोर आर्थिक अवस्था भएका व्यक्तिहरु संगठित भएर आफ्ना आर्थिक उन्नतिका लागि आफै कुनै कार्य गर्दछन् भने त्यो नै सहकारीता हो,जुन स्वायत्त संगठन पनि रहेको उहाँले बताइन् । सहकारी संञ्चालन गर्नको लागी सहकारीमा सबैले समान जिम्वेवारीको भुमिका निर्वाह गर्नुपर्ने कुरामा समेत जोड दिएकी थिईन्। सबैले आफ्नो कार्यमा लगनशिलता भएर लाग्यो भने सहकारी संञ्चालन गर्नमा निकै सहयोग मिल्ने उहाँले प्रस्ट्याउनु भएको थियो । ब्यक्तिमा उत्तरदायित्व र स्वाबलम्बन भए सहकारीमा सक्दो टेवा पुग्ने उहाँले बताएकी थिईन् ।

सस्थाका अध्यक्ष मनिराम खत्रिले संस्थाको बार्षिक प्रतिबेदन प्रस्तुत गर्दे सहकारी भनेको सदस्यहरुको संयुक्त स्वामित्व, र प्रजातान्त्रिक नियन्त्रणबाट संञ्चालित ब्यबसाय मार्फत आफ्ना साझा आर्थिक,सामाजिक,सांस्कृतिक,तथा बाताबरणिय आबश्यकता एवम् आकांक्षा पुरा गर्न स्वेच्छिक रुपमा एकजुट हुने ब्यक्तिहरुको संयुक्त संगठन संस्था नै सहरकारी रहेको बताएका थिए । सहकारीको क्षेत्रको लागि राज्यको तर्फबाट पहिलो संगठनात्मक व्यवस्थाको रुपमा वि.सं. २०१० सालमा योजना तथा विकास मन्त्रालय अन्तर्गत सहकारी विभागको स्थापना गरिएको बताउदैे । नेपालमा फलस्वरुप २०१३ सालमा सरकारको कार्यकारी आदेशबाट चितवनमा सहकारीको स्थापना गरीएको कुरा समेत उहाँले बताएका थिए । जिल्लामा २०७० साल माघ २६ गतेका दिन कर्मचारी युनियन सहकारी संस्थाको स्थापना गरीएको उहाँले बताए । जुनबेला २९ जना सेयद सदस्य रहेको समेत बताए । कार्यक्रममा बोल्दै उहाँले सहकारीको टाउको भनेकै सञ्चालन समिति भएकाले सहकारी बलियो बनाउन संञ्चालन समितिले बिषेष ख्याल गर्नुपर्ने बताएका थिए ।

सहकारीका अध्यक्ष मनिराम खत्रिको अध्यक्षतामा संञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेस पुर्व पार्टी सभापति कबिराज पण्डित रहनु भएको थियो भने । बिशिष्ट अतिथि बडिमालिका नगरपालिका नगर सभापति गोपाल कार्की रहनुभएको थियो । कार्यक्रममा निजामती कर्मचारी युनियन जिल्ला अध्यक्ष कुलबहादुर रावल,संस्थाका संस्थापक अध्यक्ष रामचन्द्र यादव,प्रेस युनियन जिल्ला अध्यक्ष संगिता तिमिल्सेना,बुढीगंगा मिडिया प्रा.लि.का संञ्चालक प्रेम रौले, प्रेस युनियन जिल्ला कोषाअध्यक्ष जनक बोहरा, संस्थाका सेयर सदस्य लगायत अन्य ब्यक्तिहरुको बाक्लो उपस्थित रहेको थियो ।












