बाजुराः मानव अधिकार पुरस्कार २०८०” बाट बाजुराका पत्रकार प्रकाश सिंह राष्ट्रिय मानव अधिकार आयोग बाट सम्मानीत भएका छन् । ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर सिंहलाइ प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले सम्मान पत्र हस्तान्तरण गदै सम्मानित गरेका छन् ।पत्रकारिता र सामाजिक कार्यको माध्यम बाट मानवअधिकार संरक्षणको योगदान पुयाएको भन्दै मानव अधिकार पुरस्कार बाट नगद ५० हजार सहित सम्मान गरेको राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले वताएका छन् । सिंहले शुदुरपश्चिम र कर्णाली प्रदेशका दुर्गम गाउँमा पुगेर मानवअधिकार पक्षमा वकालत पैरवी गरेको उनले वताए।
सिहं बाजुरा बाट बिगत एक दशक बढी समय देखी पत्रकारिता तथा समाज सेवमा काम गरिरहेका छन् । सिंह पत्रकार महासंघ बाजुरा शाखाको निर्वतमान अध्यक्ष समेत हुन् । सिंहले बाजुरा जस्तो क्षेत्रमा रहेर पछाडी परेका वर्गका बारेमा वकालत तथा पैरवी गरेको भन्दै सम्मान गरेको राष्ट्रिय मानव अधिकार आयोगले वताएको छ । त्यस्तै स्व। दयाराम परियार स्मृति सम्मानबाट सर्लाहीकी भवानी कुमारी कोइराला सम्मानीत भएकि छन् । जेष्ठ नागरिकको मानवअधिकारको क्षेत्रमा काम गरेको भन्दै उनलाइ सम्मान गरेको हो ।
सिंह बाजुरामा एक दशक बढी समय देखि पत्रकारिता पेशा सँग समाज सेवमा आबद्ध रहेको छन् । पत्रकारीता मात्र नभई बाजुराका दिन दुःखीको मानव सेवामा समर्पित छन् । उनले पत्रकारीता सँगै बेसाहारा शाहाराबिहिन १ सय बढी वालवालिकाको उद्धार गरिसकेका छन् । त्यति मात्र नभई उनले उपचार नपाएर अलपत्र रहेका एक सय भन्दा बढिलाई आर्थिक संकलन गरि नयाँ जिवन दिनमा समेत सहयोग गरेका छन् । प्रकाशले पत्रकारिता पेशासंगै मानव सेवाको माध्यामवाट आफ्नो परिचय उच्च शिरसम्म पुर्याउन सफल भएका छन ।











