युनिकोड    राशिफल    एफएम रेडियाे                        
332 पटक पढिएको

बाजुरा:  बाजुराका भुकम्प प्रभावित परिवारहरुका लागि पहिलो किस्ता वाफत निकासा भएको १४ करोड मध्ये १० करोड रकम फिर्ता गर्न राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।प्राधिकरणले मंसिर २५ गते जिल्ला प्रशासन कार्यालय बाजुरालाई पत्राचार गर्दै १४ मध्ये १० करोड रकम विपद् व्यवस्थापन कोषमा फिर्ता गर्न अनुरोध गरेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताएका छन् ।प्राधिकरणले बाजुराका भूकम्प प्रभावित लाभग्राहीहरुको अस्थायी आवास निर्माणका लागि मंसिर ४ गते पहिलो किस्ता वाफत १४ करोड रकम जिल्ला प्रशासन कार्यालय बाजुरामा पठाएको थियो ।

 

सदरमुकाम मार्तडीमा हिजो बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा प्रजिअ पौडेलले बाजुुराका भूकम्प प्रभावित परिवारहरुका लागि प्राधिकरणबाट पहिलो किस्ता वाफत निकासा भएको १४ करोड मध्ये १० करोड रकम फिर्ता पठाउन पत्र मार्फत अनुरोध आएको बताएका छन् ।बाजुराका भुकम्प प्रभावित लाभग्राहीहरुको संख्या अनुसार पठाएको उक्त रकम महिनौदिन वित्न लाग्दा समेत खर्च भएको नदेखिएपछि प्राधिकरणले फिर्ता पठाउन भनेको छ । प्राधिकरणले भुकम्प प्रभावित अन्य जिल्लामा थप रकम निकाशा दिनु पर्ने भएकोले बाजुरामा पठाएको १४ करोड मध्येबाट १० करोड रकम विपद् व्यवस्थापन कोषमा फिर्ता पठाउन पत्राचार गरेको छ ।बाजुरामा भुकम्प प्रभावितका लागि निकासा भएको १४ करोड मध्ये हिमाली गाउँपलिका बाहेक ८ वटा स्थानीय तहका १५ सय ९ जनाका लागि ३ करोड ७७ लाख २५ हजार रकम सम्वन्धित स्थानीय तहमा पठाईसकेको प्रमुख जिल्ला अधिकारी पौडेले बताएका छन् ।

 

उनका अनुसार खप्तड क्षेडेदह–९ सय ६६, त्रिवेणी नगरपालिका– १ सय १३, गौमुल गाउँपालिका– ५५, बुढीनन्दा नगरपालिका– ६५, स्वामीकार्तिक खापर गाउँपालिका– ९, जगन्नाथ गाउँपालिका – ७४ र बडीमालिका नगरपालिकामा– २ सय २७ जना गरी जम्मा १५ सय ९ जनालाई जनही २५ हजारका दरले सम्वन्धित स्थानीय तहको खातामा पठाईएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।प्राधिकरणले असोज १६ गते बझाङ जिल्लालाई केन्द्र विन्दु बनाएर गएको भुकम्पबाट प्रभावित बनेका परिवारहरुका लागि पहिलो किस्ता वाफत सो रकम पठाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!