बाजुरा –जिल्लाको बडीमालिका नगरपालिकामा शनिबार बेलुकी करिव ४ बजे भीरबाट खसेर एक जनाकोे मृत्यु भएको छ ।
झराउले गाउँमा आफनतको विवाह सकेर रतुवा घर फर्किने क्रममा भेरालमाण्डौ भीरबाट लडेर सोही नगरपालिका–८ रतुडाका अन्दाजी ५५ वर्षीय ताराचन्द्र ऐडी रहेको आफन्त बलवान ऐडीले जानकारीदिएका छन् ।
उनले दिएकमो जानकारी अनुसार शनिबार झराउलेमा आफन्तको विवाह सकेर घर गएका ऐडी बेलुकी भैसी दुहुँनका लागि घर नपुगेपछि खोजी गर्दा भेरालमाण्डौ भीरबाट लडेर करिव १५० मिटर तल खसेर मृत अवस्थामा फेला पारेको आफन्त ऐडीले बताएका छन् ।
घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय बाजुरालाई जानकारी गराएको र प्रहरी घटनास्थल गएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक किशोरसिं ऐरीले बताएका छन् ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











