बुढीनन्दा कृषि सहकारी संस्था।लि।को तेस्रो अधिबेन सम्पन्न,अध्यक्षमा गोरख वि.
बाजुराः बडिमालिका नगरपालिका वडा।नं ७ मा स्थापित बुढीन्दा कृषि सहकारी संस्था लिमिटेडको १० औँ बार्षिक साधारण सभा तथा तेस्रो अधिबेशन सम्पन्न भएको छ । “सदस्यप्रति बफादारी ब्यबसाय मैत्री सहकारी ” भन्ने मुल नार बोकेको बुढीनन्दा कृषि सहकारी लिमिटेडको १० औँ बार्षिक साधारण सभा तथा तेस्रो अधिबेशन सम्पन्न भएको छ । सहकारी अभियान मार्फत समाज रुपान्तरणका लागी प्रयन्नशिल स्थानिय वुद्धिजीवी एवम् सामाजिक अभियान्ताहरुको अगुवाईमा वि।सं। २०७० साल असार असार १५ गते ३६ जनाको उपस्थितमा ४३ जना शेयर सदस्यबाट प्रति शेयर १०० का दरले १ ब्यक्ति ५ शेयरबाट हुन आँउने रकम रुं १७००० रुपैया संकलन गरी गठन गरीएको उक्त सहकारी २०७० साल श्रावण १४ गते डिभिजन सहकारी कार्यालय डोटीमा दर्ता।नं। ४३० मा दर्ता गरीएको थियो । शनिबार एक औपचारीक कार्यक्रमका बिच उक्त सहकारीको साधारण सभा सम्पन्न भएको हो । जसको सुदुरपश्चिम प्रदेश सभा सदस्य माननिय पदकम बहादुर शाहीले उक्त सहकारीको बार्षिक साधारण सभाको उद्धघाटन गर्नु भएको थियो ।
सस्थाका अध्यक्ष मथुराज पण्डितले संस्थाको बार्षिक प्रतिबेदन प्रस्तुत गर्दे सहकारी भनेको सदस्यहरुको संयुक्त स्वामित्व, र प्रजातान्त्रिक नियन्त्रणबाट संञ्चालित ब्यबसाय मार्फत आफ्ना साझा आर्थिक,सामाजिक,सांस्कृतिक,तथा बाताबरणिय आबश्यकता एवम् आकांक्षा पुरा गर्न स्वेच्छिक रुपमा एकजुट हुने ब्यक्तिहरुको संयुक्त संगठन संस्था नै सहरकारी रहेको बताएका थिए । सहकारीको क्षेत्रको लागि राज्यको तर्फबाट पहिलो संगठनात्मक व्यवस्थाको रुपमा वि।सं। २०१० सालमा योजना तथा विकास मन्त्रालय अन्तर्गत सहकारी विभागको स्थापना गरिएको बताउदैे । नेपालमा फलस्वरुप २०१३ सालमा सरकारको कार्यकारी आदेशबाट चितवनमा सहकारीको स्थापना गरीएको कुरा समेत उहाँले बताएका थिए । जिल्लामा २०७० साल असार १५ गतेका दिन बुढीनन्दा कृषि सहकारी संस्थाको स्थापना गरीएको उहाँले बताए । जुनबेला ३६ जनाको उपस्थितमा ३४ जना सेयद सदस्य बाट सुरुवात गरीएको उहाँले बताएका थिए । यस सहकारी १० बर्ष सम्म आइपुग्दा संगठानिक अबस्था हेर्दा हालसम्म जम्मा सदस्य संख्या १९९ जसमा पुरुष सदस्य संख्या १०४,महिला सदस्य संख्या ९५,बाल बचत केटी संख्या ७५,बाल बच्चा केटा संख्या ५८ जना र कर्मचारी संख्या १ रहेको संस्थाको बार्षिक प्रतिबेदनमा उल्लेख गरीएको छ ।
संस्थामा हालसम्म संञ्चालन समिति,लेखा समिति,ऋृण समिति निरन्तर रुपमा क्रियाशिल रहेका छन । १० औ बाषिक साधारण सभा तथा तेस्रो अधिबेशनबाट सर्बसहमत रुपमा गोरख बिक अध्यक्ष रहने गरी ९ जनाको पदाधिकारी संञ्चालक समिति चयन भएको छ । जसमा अध्यक्ष गोरख बहादुर बि।क,उपाध्यक्षमा ओमकार बोगटी,सचिवमा नर प्रशाद जैशी,कोषाध्यक्षमा कल्पना खत्री,सहसचिवमा कृष्ण धामी र सदस्यहरुमा मनलाल जैशी ,अमृता वि।क,र्पथ्वीनारायण जैशी र मन बहादुर बिष्ट सर्बसम्बत चयन भएइका हुन् ।साथै सोशी साधारण सभा तथा तेस्रो अधिबेशनबाट लेखा समिति संयोजकमा गणेश प्रशाद जैशी र ऋृण उप समिति संयोजकमा भानुभक्त जैशी पनि सर्बसम्बत चयन भएका थिए ।
शनिबार एक औपचारीक कार्यक्रमका बिच सम्पन्न भएको उक्त सहकारीको बार्शिक साधारण सभा तथा तेस्रो अधिबेशनको प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सभा सदस्य माननिय पदम बहादुर शाही रहनुभएको थियो । कार्यक्रममा प्रदेश कार्य समिति सदस्य तथा प्रचार प्रशार बिभाग प्रमुख धनराज पण्डित,नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य धनलाल पाध्याय,नेपाली काँग्रेस प्रदेश सदस्य तथा वडा सदस्य पार्वती (जोशि) हमाल,तरुणदल सचिव हिरेन्द्र रोकाया बिशिष्ट अतिथि रहुभएको थियो । उक्त कार्यक्रममा नेपाल प्रशे युनियन जिल्ला उपाध्यक्ष जय बहादुर रावत,मन बहादुर रोकाया,राम बहादुर बुढा,गोरख बहादुर धामी लगायत सहकारीका सम्पुर्ण सेयर सदस्य,संञ्चालक समिति,पत्रकार लगायत स्थानियको बाक्लो उपस्थित रहेको थियो।\n











