मिन बहादुर खड्का,बाजुरा: जिल्ला खेलकुद विकास समिति बाजुराका अध्यक्ष राकेश थापाले जिल्लाको खेल क्षेत्रको विकासमा बाजुरा जिल्लाबाट निर्वाचित भएर गएका माननीयहरु खेल क्षेत्रको विकासका लागि सिन्काे पनि भाचेका छैनन् भनेर आरोप लगाएका छन् । बडीमालिकाको चौथो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले यस्तो अभिव्यक्ति दिएका हुन् । बाजुरा जिल्लाबाट पटकपटक माननीय जिताएर जुनसुकै व्यक्तिलाई पठाएपनि खेल क्षेत्रको विकासका लागि देखिने खालको उल्लेख काम नभएको दाबी गरेका छन् । यतिमात्र होईन कार्यक्रममा प्रमुख अथिती समेत रहेका प्रदेश सभा सदस्य पदम बहादुर शाहीलाई प्रश्न सोध्दै बाजुराको खेल क्षेत्रको विकासका लागि के के गर्नुभयो रु अहिले पनि प्रदेश सांसद हुनुहुन्छ अब केही गर्ने सोच बनाउनु भएको छ कि छैन रु जति जना माननीय पाए पनि काम केही नभएको स्पष्ट पारेका छन् । कति माननीय भएरु को जितेर गयो भन्ने कुरा भन्दा पनि काम कसले कति गर्यो भन्ने कुराले महत्त्व राख्ने अध्यक्ष थापाको भनाई थियो ।
तत्कालीन अर्थमन्त्री प्रकाश बहादुर शाहको पालामा बडीमालिका नगरपालिका राष्ट्रिय मापदण्डको खेलमैदान निर्माणका लागि सामाजिक विकास मन्त्रालयबाट २ करोड बजेट बिनियोजन भएको बताउदै थापाले उक्त बजेट कहाँ गयो किन खेलमैदान बन्न सकेन नगर प्रमुख ज्यु भनेर बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्कालाई प्रश्न गरेका छन् । अहिलेका स्थानीय सरकारहरुले खेल क्षेत्रको विकासमा लागानी नै नगरेको आरोप समेत उनले लगाएका छन् । बडीमालिका नगरपालिका ८ का वडा अध्यक्ष चन्द्र थापाले बडीमालिका नगरपालिकाले कोल्टीमा आयोजना हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जसरी पनि बडीमालिकले जित्नुपर्छ भनेर दिएको अभिव्यक्तिलाई कटाक्ष गर्दै थापाले खेल क्षेत्रको विकासका लागि कति लगानी गर्नुभएको छ रु भनेर सोध्नुभयो । लगानी नगर्ने अनि अपेक्षा बढी राख्ने प्रवृतिले बाजुरा खेल क्षेत्रको विकासमा पछि परेको पनि उनले बताएका छन् ।अपेक्षा अनुसारको प्रतिफल प्राप्त गर्न सो अनुसारको लगानी गर्व आवस्यक रहेको थापाको भनाई थियो । खेल क्षेत्रको विकासका लागि बाहिर बाट आएको बजेटको समेत सदुपयोग हुन नसक्नुको कारण बारे जवाफ दिन नगर प्रमुख खड्कालाई भनेका छन् ।
संघ प्रदेश र स्थानीय तहले खेल क्षेत्रको विकासका लागि गर्नुपर्ने जति लगानी गर्न नसकेको बताउदै उनले खेल क्षेत्रको विकासका लागि लगानी पहिलो आवस्यकता रहेको उल्लेख गरेका छन् । जिल्लामा खेलकुद प्रतियोगिताको आयोजना गर्नका लागि जिल्लाभर एक ठाउँमा पनि उपयुक्त खेल मैदान नहुनु दुस्खद बिषय रहेको उनले बताएका हुन् । एक खेल मैदान सदरमुकाम मै छैन अनि के के गर्नुभयो त रु खेल क्षेत्रको विकासका लागि उनले प्रदेश सभा सदस्य पदम बहादुर शाहीलाई सोधे । सदरमुकाममा उपयुक्त खेल मैदान नहुँदा बाहिर राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्नुपरेको बताउदै उनले बडीमालिका नगरपालिका के गरिरहेको छ भनेर सोधेका हुन्।











