बाजुरा — स्थानीय खाध्य अधिकार संजालले किसान सुचिकरणका बिषयमा बुढीनन्दा नगरपालिकासंग छलफल गरेको छ । नगरपालिका भित्र रहेका खास किसान पहिचान गर्ने उद्देश्य सहित पालिकाका कृर्षकको सुचिकरणका बिषयमा छलफल भएको संजालका अध्यक्ष महेश कार्कीले बताएका छन ।नगरपालिकामा वास्तविक किसान पहिचान गरी नगरपालिकाले परिचयपत्र उपलब्ध गराउने गरी छलफल भएको फियान नेपाल बाजुरा कार्यक्रम संयोजक सविता थापाले बताइन् ।
छलफलमा नगरपालिकाका तर्फबाट कार्यवाहक नगर प्रमुख नन्दबहादुर रोकायाले किसान सुचिकरण सम्बन्धी निर्दैशिका २०७७ अनुसार स्थानीय सरकारले आफ्नो कार्यक्रममा रहेको र किसानको सुचिकरण गर्न कार्यपालिकाको बैठकमा छलफल गर्ने बताए । साथै सोहि कार्यक्रममा खाध्य अधिकार हननका बिषयमा समेत अन्तक्रिया गरीएको छ ।
बुढीनन्दा नगरपालिका स्थानीय खाध्य अधिकार संजालका अध्यक्ष महेश कार्कीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि बुढीनन्दा नगरपालिकाका कार्यवाहक नगर प्रमुख नन्दबहादुर रोकाया रहेका थिए । कार्यक्रममा बुढीनन्दा नगरपालिका–३ का अध्यक्ष तथा नगर प्रबक्ता जंगवीर रोकाया, ४ का अध्यक्ष जुलफे रोकाया, ६ का अध्यक्ष गजेन्द्र बहादुर शाही, ९ का अध्यक्ष मानबहादुर रावत प्रमुख प्रशासकिय अधिकृत सन्तोष कुमार शाह, फियान नेपाल बाजुरा कार्यक्रम संयोजक सविता थापा नगर भित्र संचालित सम्पूर्ण गैह्र सरकारी संस्थाका प्रमुख लगायतको सहभागिता रहेको थियो ।