युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
399 पटक पढिएको

बाजुरानेपाल पत्रकार महासंघ बाजुराका उपाध्यक्ष पदम बहादुर सिंहले  सामाजिक संजाल फेसबुकमा भलिबल प्रशिक्षककाे सुचनाबारे राखेको धारणामा बढिग‌गा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाँले संचारकर्मीमाथि अपशब्द प्रयोग गरेको प्रति पत्रकार महासंघ बाजुराको ध्यानाकर्षण भएको छ ।

शनिबार पत्रकार सिंहले बुढीगंगा नगरपालिकाले खेल प्रशिक्षकको करार विज्ञापन खोलिएको भएपनि नगरपालिकाले आफ्नो वेव साइडमा राखेको, तर पालिकाका सबै वडाका सूचना पाटीमा समेत नराखिएको भन्दै सामाजिक संजालमा राखेको धारणा (स्टाटस) मा नगर प्रमुख बानियाँले संचारकर्मी माथि अपशव्द प्रयोग गरेको प्रति महासंघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

देशमा कानुनी शासनको स्थापना भईसक्दा पनि राज्यको चौथो अंगका रुपमा स्थापित राज्यलाई सत्मार्गको बाटोमा पुर्‍याउन आम नागरिकलाई सुचनाको हकको प्रत्याभुति दिलाउनका लागि निरन्तर रुपमा संचार माध्यम र संचारकर्मी लागि परेको कुरा अवगत गराउर्दै यस्ता अनैतिक कार्य पटक पटक हुने गरेका महासंघको ठहर छ ।

पत्रकार महासंघ बाजुरा उपाध्यक्ष संगिता तिमिल्सेनाद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ, जनतालाई तीन वटै तहका राज्यले गर्दै आएका हरेक गतिविधीलाई संचार माध्यममा सम्प्रषेण गर्नु पत्रकारको धर्म नै हो । तर जिल्लाका जनप्रतिनिधीहरुले संचार माध्यम र संचारकर्मीहरुलाई गर्ने विभेद तथा गैर जिम्मेवारी अभिव्यक्तिप्रति महासंघ खेद प्रकट गर्दछ । संचार माध्यम र पत्रकारले लेखेका कुरा चित्त नबुझेमा कानुनी प्रक्रिया हुँदाहुँदै पनि पत्रकार माथि गरिएको अन्यायप्रति महासंघ बाजुरा शाखा घोर भत्र्सना भएको उपाध्यक्ष संगिता तिमिल्सेनाले बताएकी छन ।

पत्रकार माथि हुने विभिन्न खालका आक्रमण तथा अन्यायहरु महासंघ सहेर बस्न नसक्ने र यस्ता कार्य नसच्याए महासंघ कानुनी बाटोसंगै चरणवद्ध आन्दोलन गर्न बाध्य हुने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सामाजिक सञ्जालमा पत्रकार सिंहले नगरपालिकामा खेल प्रशिक्षकको बिषयमा राखेको धारणमा कमेन्ट गर्दै नगर प्रमुख बानियाँले  संचारकर्मीमाथि  अपशब्द प्रयोग गरेको भन्दै बानियाको चौतर्फी आलोचना भइरहेको छ ।
पत्रकार सिंह नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका उपाध्यक्ष, बडीमालिका खबर डटकमका सम्पादक र अन्नपुर्ण पोष्ट दैनिक बाजुरा समाचारदाता हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!