युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
586 पटक पढिएको

बाजुराः   जिल्लाको बडिमालिका नगरपालिका प्रमुख प्रशाशकिय अधिकृत बिहिन भएको छ । प्रमुख प्रशासकीय अधिकृत देबेन्द्र साप्कोटाको तिन महिना नपुुग्दै सरुवा भएपछि बडिमालिका नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिहिन भएको हो। बडिमालिका नगरपालिकामा जहिले पनि अधिकृतकै पिरलो हुने गर्दछ, अधिकृत आएको लामो समय नबित्दै सबै सरुवा हुने भएपछि नगरपालिकामा जहिले पनि अधिकृतको पिरलोले सताउने गरेको छ । सह–सचिवको परीक्षा दिन विदामा काठमाण्डौं जानुभएको सापकोटा बाजुरा नर्फकिए रै उहीबाट सरुवाको चिठी आएको छ । उहाँ बाजुराबाट हरिवन नगरपालिका सर्लाही सरुवा हुनुभएको छ।उहाँले हरिहर नगरपालिका सर्लाहीमा प्रमुख प्रशासकीय अधिकृतको जिम्वेवारी यहि पौष ११ गते लिईसक्नुभएको छ ।

 

परीक्षा दिन गएका अधिकृत लामो समयसम्म कार्यालयमा हाजिर नहुँदा तथा एकाएक प्रमुख प्रशाशकिय अधिकृतको सरुवा हुँदा दैनिक कामकाजमा समस्या भएको छ । पालिकामा आउने कतिपय नागरीकहरुका कामहरु पनि त्यस्तै रहेका छन । नगरपालिकामा अधिकृत पनि टिकाउन नसक्ने पालिका भनेर स्थानियहरुले आरोप समेत लगाएका छन । जहिले पनि नगरपालिकामा अधिकृतकै समस्या हुने गरेको छ , लामो समयसम्म कुनै पनि अधिकृतलाई टिकाउन नसक्ने यो कस्तो पालिका हो भनेर स्थानियले बताएका छन । अधिकृतको सरुवा हुनु स्वभाविक हो तर छोटो समयमै सरुवा हुनु कुनै राजनितिक खेल भएको समेत नगरबासीहरुले बताएका छन । हरेक ठाँउका पहिलो चरणमा सम्झौता भएका कार्य सम्पादन गरेका फायल त्यस्तै छन् । कतिपय खर्चका विलहरु पनि त्यतिकै राखिएका छन । कार्यालयमा भुक्तानीको चाप दिनहुँ बढेको छ। कार्यालयमा अधिकृत नहुँदा नागरिकहरुका काममा बाधा परेको छ। अघिल्लो समयमा भनेअनुसार काम हुुदैन काम हुने भनेको त्यहि माघ फाल्गुन को महिना हो त्यहि समयमा अधिकृतको सरुवा हुँदा कार्यलयका दैनिक कामकाजमा निकै समस्या भएको नगरपालिकाका एक जना कर्मचारीले बताएका छन ।

देशभरका स्थानीय तहमा लामो समय देखि विवाद रहेको छ ।स्थानीय सरकार सञ्चालन ऐन २०७५ मा नीतिगत तथा कानुनी उल्झन् धेरै छन् । जनप्रतिनीधिले के काम गर्ने, प्रमुख पशासकीय अधिकृतले के काम गर्ने भन्ने क्षेत्राधिकार नै राम्रो छैन । हालै सरुवा भई हरिवन नगरपालिकामा  गएका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत देबेन्द्र साप्कोटाको भनाई रहेको छ । बडिमालिका नगरपालिकाको हकमा स्थानीय साधान श्रोत भएपनि बजेटको कमी रहेको छ । वडामा सचिवहरु छैनन् । अहेव र सवईन्जिनियरले वडा चलाईरहेका छन्। कर्मचारी र जनप्रतिनीधि छुट्याउन गाह्रो छ । कामगर्ने क्रममा अनावस्यक विवादमा आउने संकेत आफुले देखें । त्यसैले यता आएको हुं साप्कोटाको भनाई रहेको छ ।

यता नगरपालिकाका मेयर अम्मर खड्कालाई सोध्दा यो बारे कुनै जानकारी नभएको आफु काम बिषेष काठमाण्डौ भएको तर त्यसबारे जानकारी लिन तत्कालिन प्रमुख प्रशासकीय अधिकृत साप्कोटालाई नै सोध्ने, उहाँ के कति कारणले जानु भयो,किन जानु भयो,उहाँले बताउनुभएको छ । नगरपालिकामा २०७४ सालमा नयाँ जनप्रतिनीधि आए यता ९जना प्रमुख प्रशासकीय अधिकृत को सरुवा भइसकेको छ । सरुवाभई आएका अम्मर भट्ट लाई बाटोबाट फर्काए , दाताराम प्याकुरेल लाई कार्यालयबाट लखेटे ,धुुब्र कोईराला , तीर्थ भट्टराई लगायतका उपसचिव लाई बस्ने वतावरण प्रबृति ले गर्दा यहाँ अधिकृतहरु पनि बस्न नरुचाउने गरेका छन । यता नगरपालिकाका पुर्व नगर प्रमुख पदम बडुवालले जनप्रतिनीधिले नीति नियम कानुन बनाउने हो , कार्यन्वयन कर्मचारीले गर्ने हो आफ अनुकुलका कार्य गराउन खोज्नु र विधिको शासनको प्रत्याभुति नदिदा यो समस्या आएको हो उहाँले बताएका छन ।

नगरपालिकामा लामो समयसम्म कुनै पनि अधिकृतको टिकाउ नुहने भएका कारण यहाँका स्थानिय बासीहरु पनि नगरपालिका देखि बाक्क दिक्क भइसकेका छन । आएको छेटो समयमै अधिकृत काम बिषेषले बाहिर जान्छन पुन फकर्रे आउदैन,कसैलाई राजनितिक आडमा सरुवा गरन्छि,कसैलाई बाटोबाटै रोकिन्छ,कसैलाई हरेक कुरा लगाएर दोष दिईन्छ,नगरपालिकाका कर्मचारीहरु पनि कसैको कोहि भनेको नमान्ने प्रबृतिका छन,को भन्दा को कम भन्ने हैकम मनमा जगाउछन,कार्यालयमा आएका सेवाग्राहीहरुलाई पनि टेर्दैनन्, पालिकामा कर्मचारी र जनप्रतिनीधि छुट्याउन गाह्रो हुने, वडामा सचिव नहुने,अहेव र सवईन्जिनियरले वडा चलाउनुपर्ने यस्ता खाले प्रबृतिले गर्दा अधिकृत छोटो समयमै अन्य ठाँउमा सरुवा हुनु परेको स्थानियको बुझाई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!