बाजुरा/ जिल्लाको कोल्टी देखि धुलाचौर सम्मको जिप भाडा जिप ब्यबसायिहरुले मनोमानी तरीकाले लिने गरेको पाइएको छ ।प्रशासन कार्यालय बाजुराले ग्राभेल सडकहरुमा प्रति किलोमीटर १५ रुपैयाँका दरले २ सय ५५ रुपैयाँ भाडा कायम गरेको भएपनि कोल्टी देखि धुलाचौरसम्म चल्ने जिपहरुमा जिप व्यवसायीहरुले आफ्नो मनोमानी तरिकाले गाडी भाडा लिने गरेको यात्रुहरुले गुनासो गरेका छन ।
कोल्टी देखि धुलाचौर सम्मको दुरी १७ किलोमीटरमा जिल्ला प्रशासन कार्यालय बाजुराले भाडादर कायम गरेको भएपनि कोल्टी बाट धुलाचौर सम्मको गाडी भाडा जिप ब्यबसायिहरुले भने यात्रुलाई ५ सय रुपैयाँ गाडी भाडा लिने गरेको यात्रुहरुले बताएका छन ।धुलाचौर देखि कुवाडी सम्मको १२ किलोमीटर दुरीमा एक जना यात्रुलाई चार पाँच सयका दरले जिप भाडा यात्रुबाटजिप ब्यबसायिहरुल असुल्ने गरेका छन लिने गरेका छ्न।
लामो समय देखि हालसम्म गाडी भाडा नियम विपरीत तथा मनोमानी तरीकाले असुल्ने गर्दा यात्रुहरु मारमा परेका छन । कोल्टी देखि धुलाचौर क्षेत्रभित्र चल्ने जिपहरुमान मनोमानी तरीकाले भाडा असुल्ने गरीएको छ । यता जिल्ला प्रशासन कार्यालय बाजुरालाई बुझ्दा कुनै पनि जिप ब्यबसायिहरुले मनोमानी भाँडा असुल्ने गरेको भए उक्त गाडीको नम्बर टिपेर यात्रुहरुले जानकारी गराए तत्काल कार्बाही गरीने जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।











