युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
370 पटक पढिएको

गोबिन्द्र राज तिमिल्सेना, बाजुरा/   जिल्लाको बडिमालिका नगरपालिका वडा.नं ७ रजातोलीमा भुवा पर्व हामी सबैको गर्व भन्ने मुल नाराका साथ यो बर्षको भुवा पर्व यहि पौष २५ गतेदेखि २८ गतेसम्म भब्यताका साथ स.ञ्चालन हुने भएको छ । उक्त भुवा पर्वको लागी सम्पुर्ण कार्य अन्तिम चरणमा पुगेको आयोजक भुवा पर्व ब्यबस्थापन समितिले जनाएको छ । सुदूरपश्चिमका पहाडी जिल्लामा मनाइने साँस्कृतिक पर्व ‘भुवा’ बिषेष गरी बाजुरा जिल्लाको बडिमालिका ७ रजातोलीमा भब्यताका साथ मनाइने गरीन्छ । महाभारतको कथा र पाण्डव र कौरवको युद्ध गाथामा आधारित भुवा पर्वलाई स्थानीयले ‘भस्सो’ पनि भन्ने गरेका छन् ।

जिल्लाको बडिमालिका नगरपालिका ७ रजातोलीमा सदा बर्ष यो पर्वलाई धुमधामका साथ मनाइदै आएको छ । भुर्वा पर्वको लागी आबश्यक पर्ने सम्पुर्ण सामाग्री लगायत भुवा पर्वमा देउडा खेलाडीहरुको पनि टुंगो लागीसकेको भुवा पर्व ब्यबस्थापन समितिका संयोजक उमाकान्त उपाध्यायल जानकारी दिनुभएको छ । उहाँले दिएको जानकारी अनुसार भुवा पर्वमा देउडा खेलको लागी खत्याड गाँउपालिका वडा.ं ३ स्थायी घर भएका चर्चित लाईफ देउडा खेलाडी ललिजंग शाही र टिकापुर नगरपालिका वडा.नं.१ बस्दै आएकी चर्चित लाइफ देउडा खेलाडी चरित्रा शाही लाई भुवा पर्वमा देउडा खेलको लागी आमन्त्रण् गरी सकिएको उहाँले बताएका छन । परम्परागत काल देखि मनाइदै आएको यो पर्वलाई यो बर्ष पनि भब्यताका साथ सम्पन्न गर्ने तयारी अगाडी बढीरहेको उहाँले बताए ।

भुवा पर्व यहि मिति २०८० पौष २५ गते बाट सुरु भई पौष २८ गते समापन गरीने आयोजक भुवा पर्व ब्यबस्थापन समितिले जनाएको छ । भुवा पर्वलाई थप ब्यबस्थित बनाउन स्वयमसवक परिचालन गरी भुर्वा पवए अबधिभर मदिरा बिक्री बितरण सेवनमा रोकसमेत लगाइएको आयोजकले जनाएको छ । यदि कोहि कसैले भुवा पर्व अबधिभर जाँड,रक्सि खएर होहल्ला गरी,भुवा पर्व बिथोल्न खोज्ने जो सुकैलाई पनि कडा भन्दा कडा कार्बाही गरीने आयोजकले बताएको छ । भुवा पर्व पुसे औँसीको अघिल्लो मध्यरातबाट सुरु हुन्छ । जसको आफ्नै ऐतिहासिक पक्ष रहेको छ ।महाभारतमा पाण्डव र कौरवबीचको युद्धदेखि यो पर्व आरम्भ भएको जनविश्वास रहँदै आएको छ । सोही लडाइँको सम्झनामा तथा पाण्डवहरूको जितको खुसियालीमा यो पर्व मनाउन थालिएको हो । यो पर्वमा ढाल र तरबारसहित चाली खेल्ने प्रचलन रहँदै आएको छ । यो पर्वको मुख्य आकर्षक पक्ष नै ‘भुवा नाच’ रहेको र यसको सुरुदेखि समाप्तिसम्म आफ्नै विधि प्रक्रिया रहेको गाँउका स्थानियले बताउने गरेका छन ।

 

पुसे औंसीको राति भुवाखाडोमा आगो बालेपछि यो पर्व सुरु हुन्छ । स्नान गरी बालिएको आगो तापेर घरमा मीठो–मसिनो खाना बनाइ खाइन्छ । सोही रात र प्रतिपदाका दिन लत्ताकपडा धुने र आफ्ना ढाल तरबारलाई चम्किलो बनाउने काम गरिन्छ । ढाल कालोले रङ पोतिन्छ भने तरबारलाई धारिलो र चम्किलो बनाइन्छ । मुडा बालेको रातभर देउडा खेली भोली बिहान भारी खेलहरु खेल्ने प्रचलन रहेको छ ।आयोजक भुवा पर्व ब्यबस्थापन समितिले यो बर्षको भुवो पर्वलाई थप धुमधाम बनाउन बिभिन्न ठाँउबाट पत्राचार समेत गरीसकेको छ । भुर्वा पर्वको लागी आर्थिह सहयोग बडिमालिका नगरपालिका वडा.नं ७ को वडा कार्यालय र बुर्दालो दल्लेडी वन उपभोक्ताले गरेको आयोजक भुवा पर्व ब्यबस्थापन समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!