मालती घटाला,बाजुरा/ बाजुराको बुढीनन्दा नगरपालिका वडा नं ९ डप्कमा सञ्चालित शिद्धेश्वरी आवासिय विद्यालयमा खाद्यान्न र शैक्षिक सामाग्रि वितरण गरीएको छ । शोमवार एक कार्यक्रमका विच नगरपालिकाका नगरप्रमुख जनक कुमार वोहोराको प्रमुख आतिथ्यतामा विद्यालयमा अध्ययरत विद्यार्थीलाई खाद्यान्न र शैक्षिक सामाग्रि वितरण गरीएको हो । बुढीनन्दा नगरपालिका वडा नं ६ कोटीला निवाशि कृर्षि प्राविधिक मालति शिंह (शाहीले) आफ्नो २६ औ जन्म दिनको अवसरमा विद्यालयमा अध्ययरत विद्यार्थीलाई पुग्ने गरी खाद्यान्न र शैक्षिक समाग्रि हस्तान्तरण गरीएको जानकारी दिनुभयो ।
विद्यालयमा अध्ययनरत ६० जना विद्यार्थीलाई ६० केजी चामल, दाल, तेल, नुन, मसाला, क्यारेट अण्डा र कपी, पेन र शिसाकलम जस्ता शैक्षिक सामाग्रि वितरण गरीएको बताउनुभयो । नगरपालिकाको कृर्षि शाखामा कृर्षि पदमा कार्यरत शाहीले जन्म दिनमा हुने फजुल खर्चको ब्यवस्थापन गरी विद्यार्थीको पिडामा मलम लगाउन थोरै भए पनि सहयोग गरीएको बताउनुभएको छ । निकै तडक र भडकका विच मनाईने जन्म दिनमा अनावश्यक खर्च गर्ने परम्पराको अन्त्य गर्न सहयोग गरीएको बताउनुभयो ।
जन्म दिनको अवसर पारी आफुले विद्यार्थीलाई सानो सहयोग गर्न पाउदा खुशि लागेको समेत उहाँले बताउनुभयो । उहाँले आफु पनि विद्यार्थी भुमरीबाट जागिरे जीवनमा प्रवेश गरेको बताउदै विद्यार्थीको पिडा कस्तो हुन्छ भन्ने वारे जानकार रहेको बताउनुभयो । विगतमा सामान्य एउटा कपी र पेन्सील अभावमा विद्यालय जानबाट वन्चित रहेको स्मरण गर्दै उहाँले अहिले पनि विपन्न समुदायमा त्यस्तै समस्या रहेको बताउनुभयो ।
तर विगत भन्दा वर्तमानमा केही परीवर्तन देखिए पनि शिक्षामा अझै उपलब्धी मुलक हुन नसकेकाले शिक्षा क्षेत्र सुधारका लागि जीम्मेवार निकाय संवेशनशिल हुनु पर्ने कृर्षि प्राविधिक शाहीको सुझाव छ । बुढीनन्दा नगरपालिकाद्धारा सञ्चालित शिद्धेश्वरी आवासिय विद्यालयमा भोटे जनजाती लगायत अन्य समुदायका विद्यालय अध्ययनरत छन ।











