बाजुरा/ उद्योग बाणिज्य संघ बाजुराले संघका सचिव देबेन्द्र नाथको सम्मानमा श्रदाञ्जली सभाको आयोजना गरेको छ । आज एक औपचारीक कार्यक्रमका बिच संघको सभाहलमा उक्त कार्यक्रमको आयोजना गरीएको उद्योग बाणिज्य संघ बाजुराले जनाएको छ । नाथको सम्मानमा उक्त कार्यक्रमको आयोजना गरीएको संघका कार्यकारी सचिव टेक बहादुर धामीले बताउनुभएको छ । बिभिन्न क्षेत्र तथा ब्यबसायिक हिसाबले जिल्लाको नजजिबिकाका बिषयमा आवाज उठाउदै आएका नाथको निधन प्रति दुख ब्यक्तै गर्दे मृतक नाथको फोटोमा माल्यापर्ण गरीएको थियो ।उद्योगको बिकाशमा नाथले खेल्नुभएको अहम भुमिकालाई ध्यानमा राख्दै,उद्योगको बिकाशको लागी पछाडी नहट्ने कुशल,कर्मण,युवा गुमाउदा संघलाई नै घाटा भएको उद्योग बाणिज्य संघ बाजुराका अध्यक्ष देब बहादुर रोकायाले बताएका थिए । उद्योगको बिकानश मात्रै नभई ब्याबसायिक तथा पत्रकारीताका क्षेत्रबाट जनसवालका बारेमा आवाज बुलन्द गर्ने युवा गुमाउँदा सिंगो जिल्ला लाई नै असर परेको उहाँले बताएका थिए ।

नाथको गत पौष १२ गते घट्मुनाबाट सियाढुंगा जादै गरेको से १ ज ९८९ नम्बरको जीप मालिवन भन्ने ठाउँमा काल्चे भिरमा अनियन्त्रित भई जीप दुुर्घटनामा परी मृत्यु भएको थियो । जिल्ला सदरमुकाम मार्तडीमा आयोजना गरीएको उक्त श्रदाञ्जली सभा कार्यक्रमको अध्यक्षता ग्रहण उद्योग बाणिज्य संघ बाजुराका अध्यक्ष देब बहादुर रोकायाले गर्नुभएको थियो । उक्त श्रदाञ्जली सभा कार्यक्रममा उद्योग बाणिज्य संघका पुर्व बरिष्ठ उपाअध्यक्ष गोरख बोहरा,जिल्ला अस्पताल बाजुराका अस्पताल ब्यबस्थापन समिति अध्यक्ष मान बहादुर कार्की,संघका पदाधिकारी,बजारमा ब्यबसाय संञ्चालन गर्दे आएका ब्यबसािय,सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि,गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि,सुरक्षाकर्मी लगायत स्थानियको बाक्लो उपस्थित रहेको थियो ।उक्त श्रदाञ्जली सभा कार्यक्रमको संञ्चालन संघका कार्यकारी सचिव टेक बहादुर धामीले गर्नुभएको थियो ।












