बाजुरा/ जिल्लाकाे बडिमालिका नगरपालिका वडा. नम्वर ७ रजाताेलिमा भुवा पर्व को राैनक एका बिहानै देखि सुरु भएको छ । हिजाे बेलुकि बाट सुरु भएको भुवा खेल अहिले बिहान सम्म आईपुग्दा करिब आदि खेलहरु सकिएकाे भुवा पर्व मेला ब्यबस्थापन समितिले जनाएको छ । आयाेजकका अनुसार एका बिहानै चाैभानिया भाई खेलेर सुरु गरिएको भुवा खेलमा अहिले भारि खेलहरु सुरु भएको आयाेजकले बताएको छ । हिजाे राती दस बजेबाट सुरु भएको उक्त पर्व धुमधामका साथ मनाईने भएको छ । हिजाे रातभर देउडा खेल लगाएर रमाइलो गरिएको थियाे । अहिले दस बज्दा सम्म करिब आधा खेलहरु सकिएका छन । अहिले बिहान चाैभानिया,भारि खेल,मागल,नैक्यासर,बाैजु बाैजु झुमा बाैजु लगायतका खेलहरु सकिएका छन ।
हिजाे राति बाट सुरु भएको उक्त भुवा पर्व यहि पाैष २८ गते समापन गरिने भुवा पर्व मेला ब्यबस्थापन समिति संयाेजक उमाकान्त पाध्यायले जानकारि दिनुभएको छ । उक्त खेलमा सबैकाे सहभागिता गराउन टिकापुर नगरपालिका बस्दै आएकि चर्चित देउडा खेलाडी चरित्रा शाहि, र खत्याड गाउपालिका वडा. नम्बर ३ बस्दै आएका ललिजङग शाहिलाई देउडा खेलकाे लागि आमन्त्रण गरिएको छ । परम्परागत देखि मनाईदै आएकाे याे बर्ष पनि स्थायित्व तथा सस्कृति जाेगाउन काे लागि उक्त भुवा पर्व को आयाेजना गरिएको आयाेजकले जनाएको छ । भुवा मेलालाई थप ब्यबस्थित गर्न २० जना स्वयंसेवक परिचालन गरिएको पनि बताईएकाे छ । भुवा पर्व लाई थप ब्यबस्थित तथा मर्यादित बनाउन कालाऋृषि युवा क्लबले ठुलाे भुमिका निर्बाह गरिरहेकाे क्लबका अध्यक्ष गणेश राज तिमिल्सेनाले बताएका छन। भुवा पर्व यहि पाैष २८ गतेका दिन औपचारिक रुपमा समापन गरिने भएको छ ।