युनिकोड    राशिफल    एफएम रेडियाे                        
502 पटक पढिएको

गोबिन्द राज तिमिल्सेना, बाजुरा/  चरित्रा शाहि र देबराज पाण्डे बिच घम्साघम्सि देउडा भएको छ । जिल्लाको बडिमालिका नगरपालिका वडा। नम्बर। ७ रजातोलिमा ” भुवा पर्व हामी सबैको गर्व” भन्ने मुल नाराका साथ सञ्चालन भएको भुवा पर्बमा देउडा गितका लागि आमन्त्रित गरिएका जिल्लाकाे  हिमालि  गाउपालिका फैति घर भएका चर्चित लाईफ देउडा खेलाडि देबराज पाण्डे र टिकापुर नगरपालिका वडा. नम्बर १ बस्दै आएकि चर्चित लाईफ देउडा खेलाडि चरीत्रा शाहि बिच घम्साघम्सि देउडा भएको छ ।

२५ गतेबाट सुरु भएको उक्त भुवा पर्व मा शाहि र पाण्डे बिच घमासान देउडा भएको छ । दुबै पक्षले एकआपसमा कडा भन्दा कडा गितहरुको प्रहार गरिरहेका छन् । को भन्दा को कम भन्दै एक आपसमा हास्दै रमाउदै गितको प्रती उतर दिईरहेका छन् ।यता चरित्रा शाहि यो भुवा मेलामा दुई पटक आईसक्नुभएको छ भने उता देबराज पाण्डे पहिलो पटक यो भुवो मेलामा समावेश भएका छन ।

पाण्डेकाे लागि अलि असहजता भएतापनि उता चरित्रा शाहिको लागि भने त्यति समस्या परेको देखिदैन किन भने उहाँ दुईर दुई पटक यहाँ आएर खेलि सक्नुभएको छ । तर यता देबराज पाण्डे पनि उ भन्दा म के कम भनेर देउडा गितहरुको प्रती जवाफ फर्काइ रहेका छन । उनी पनि धेरै भन्दा धेरै ठाउमा देउडा गितहरु खेलिसक्नु भएको छ । दुई बटै खेलाडिहरु बिच घम्साघम्सि देउडा प्रतियोगिता सञ्चालन हुदा देउडा हेर्ने दर्शकको पनि धेरै भन्दा धेरै बाक्लो उपस्थित रहेको देख्न सकिन्छ । यता भुवा पर्व मेला ब्यबस्थापन समिति आयोजकलाई सोध्दा, आजको यी दुई बिचको देउडाले समाजमा कस्तो प्रभाव पार्छ भनेर सोध्दा उहाँले यस्तो जवाफ दिनुभयो” उहाँहरुको यो घमासान देउडाले हाम्रो समाजमा लोप हुदै गएको भुवा पर्व तथा देउडा सस्कृतिको जगेर्ना हुनुका साथै समाजमा देउडाले सकारात्मक प्रभाव पार्नु का साथै देउडा हेर्न को लागि टाढा टाढा बाट पाल्नुभएका आम दर्शक हरुले पनि खुब आनन्द तथा रमाइलो अनुभूति लिने बिश्वास लगिएको आयोजकले जनाएको छ ।करिब ६र७ घन्टा देखि उनिहरुको घमासान देउडा प्रतियोगीता सञ्चालन भईरहेको छ । देउडा सञ्चालनमा थप साथ सहयोग गाउका स्थानियहरुले गरिरहेका छन् ।

भुवा पर्व थप उत्साहका साथ सञ्चालन भईरहेको अझै देउडा मार्फत सम्पुर्ण दर्शक श्रोता माझ थप मर्यादित बनाउन सबै क्लबका पदाधिकारि लागि परेको भुवा मेलालाई ब्यबस्थित गर्न स्वयंसेवकको जिम्मा लिनुभएका कालाऋृषि युवा क्लबका अध्यक्ष गणेशराज तिमिल्सेनाले बताएका छन् । तिमिल्सिनाले दिएको थप जानकारि अनुसार दुबै देउडा खेलाडिबिच रात अबेर सम्म पनि देउडा हुन सक्ने बताएका छन् । दुबैबाट कडा गितहरु आईरहेको हुदा देउडा खेल लम्बिन सक्ने उहाँले बताए। एक आपसमा चर्को आवाजले देउडा गितहरु भनिरहेका छन्। दर्शक हरु पनि हेर्न को लागि टाढा टाढा बाट आएका छन्। मेलामा पाईलो टिक्न समेत ठाउँ छैन देउडा खुब रमाइलोका साथ चलिरहेको उहाँले बताएका छन्।

२५ बाट सुरु भएको उक्त भुवा मेला चार दिन सम्म चल्ने आयोजकले बताएको छ । भोलिको दिनभर पनि दुई खेलाडिबिच घम्साघम्सि देउडा हुने आयोजकको भनाइ रहेको छ । मेलालाई ब्यबस्थित बनाउन मेला अबधिभर जाड, रक्सि,बिक्री बितरणमा रोक लगाईएको आयोजकले जनाएको छ । २८ गते भोलि औपचारिक कार्यक्रम गरि भुवा मेला समापन गरिने आयोजक भुवा मेला ब्यबस्थापन समिति बडिमालिका ७ रजातोलिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!