बाजुरा: जिल्लाकाे बडिमालिका नगरपालिका वडा. नम्बर ७ गाेपिसेरामा गठित कालाऋषि युवा क्लबकाे सक्रियतामा हिउँदे बालि गहुँ तथा जाै मा पानी लगाउनकाे निमित्त कुलाे निर्माण गरिएको छ ।लामाे समयदेखिकाे खडेरिका कारण पानी पर्न नसक्दा सुक्न लागेकाे हिउँदे बालिलाई थप जाेगाउनकाे निमित्त युवा क्लक तथा टाेल समुहकाे संयोजकत्वमा कुलाे निर्माण गरिएको कालाऋृषि युवा क्लबका अध्यक्ष गणेश राज तिमिल्सेनाले बताएका छन् ।आज एक कार्यक्रमका बिच युवाक्लब तथा टाेल समुहका पदाधिकारिहरुकाे सक्रियतामामा उक्त कुलाे निर्माण गरिएको छ । वडाकाे बट्नेबाट र कमरेखाैलाकाे हिउदे बालि गहु,जाै लाई सुक्न बाट जाेगाउनकाे लागि उक्त कुलाे निर्माण गरि गहुँ ,जाै बालिमा पानी लगाईएकाे बिबेकशिल टाेल समुहका अध्यक्ष माेति पाध्याले बताएका छन ।
लामाे समयसम्म हिउँदे बर्षा नहुदा गहुँ जाै बालिमा विभिन्न प्रकारका समस्या देखिन थालेकाले उक्त समस्यालाई थप समाधान तथा न्युनिकरण गर्नको लागि युवा क्लब तथा आफ्नाे टाेल समुहकाे सहभागितामा कुलाे बनाई पानी लगाउन सफल भईएकाे अध्यक्ष पाध्यायले बताएका छन् । वडामा नहरहरुकाे धेरै बिकाश भएको भएता पनि उचित गुणस्तरीय तथा भरपर्दो सिचाइ नहरकाे अभावले वडामा रहेका हरेक ठाउका हिउँदे बालि सुक्दै गएका कारण सबैभन्दा बढि असर परेकाे क्षेत्रमा आज दिनभरकाे मेहनतले कमरे खाैलामा पानी लगाउन सकिएकाे उहाँको भनाइ रहेकाे छ । हिउँदे पानी नपर्दा निकै समस्या परेकाे थियाे आज सबैकाे उपस्थितमा कुलाे बनाएर खेतबारिमा पानी लगाउन पाउँदा अब थाेरै भएता पनि हिउँदे बालिमा सुधार हुने अपेक्षा लगिएको उहाँको भनाइ रहेकाे छ । खडेरिका कारण हिउँदे बालिनालि सबै सुक्दै गएकाे बेला आज उक्त बालि नालिमा पानी लगाउन पाउँदा आफु खुबै खुसि भएकाे स्थानिय देबिचन्द पाध्यायले बताएका छन । त्यस्तै अर्का स्थानिय हरिचन्द पाध्याय पनि यहि कुरा बताउनु हुन्छ लामाे समयसम्म पानी परेकाे थियन अब आज गहुँ जाै बालिमा पानी लगाउन सफल भएका छाै अब थाेरै भएनि राहत मिल्ने उहाँकाे भनाइ रहेकाे छ ।
वडामा एक त राम्रो सिचाइ सुबिधाकाे लागि नहरकाे अभाव छ त्यसैमा लामाे समयदेखि जलवायु परिवर्तनले गर्दा समयमै पानी नपरेका कारण भाेकमरिकाे चिन्ता छुट्टै छ,घरपरिवार कसरी धान्ने गहुँ बालि उत्पादन नभए जिविकाेपार्जन गर्न पनि समस्या हुन्थ्याे,अलिअलि भएता पनि गहुँ बालिमा पानी लगाउन पाउँदा अलि भाेकमरि लगायत गहुँ उत्पादनमा हुने समस्या काे निरासा हटेकाे स्थानिय कृष्णदेब तिमिल्सेनाले बताएका छन् । वडामा नहरहरु कामिला भएकाे भए यस्ताे समस्या नआउने उहाँको भनाइ रहेकाे छ । चुनावकाे बेला ठुलाठुला आस्वासन देखाउ नेताहरु घरदैलाेमा आउछन्,घरघरमा धारा बनाउछाै,खेतबारिमा सिचाइकाे सुबिधा पुर्याउछौ,जब चुनाव जित्छन अनि सुईकुच्चा ठाेक्छन गाउघरतिर फर्केर पनि हेर्दैनन् जनताकाे आखामा छाराे हाल्छन्,तिमिल्सेनाकाे भनाइ रहेकाे छ ।
जिल्लामा अहिले हिउँदे बालि उत्पादनमा कमि आउने देखिन्छ,करिब ५०/६० प्रतिसत ले गहुँ जाै उत्पादनमा कमि आउने देखिन्छ त्यसैमा बालि नालिले पानी नपाउदा झनै समस्या देखिने स्थानियकाे भनाइ रहेकाे छ । पानी नपरेर सुख्खा भएका हिउँदे बालिमा क्लब तथा टाेल समुहकाे सहभागितामा कुलाे बनाई पानी निकासा गरि बालिमा पानी लगाएकाे पर्ती स्थानियले क्लब तथा टाेल समुहलाई धन्यबाद समेत दिएका छन ।दिभरकाे कठिन मेहनत तथा प्रयास ले गर्दा पानी खेतबारिमा लगाउन सफल भईएकाे बताईएकाे छ । करिब १५ जना भन्दा बढिकाे उपस्थितमा उक्त कुलाे निर्माण गरिएको जनाईएकाे छ ।
उक्त कुलाे निर्माण कार्यमा कालाऋृषि युवा क्लबका अध्यक्ष गणेशराज तिमिल्सेना,बिबेकशिल टाेल समुहका अध्यक्ष माेति पाध्याय,स्थानिय हरिचन्द पाध्याय,देबिचन्द पाध्याय,जयलाल जैशि,पुष्पराज तिमिल्सेना,कृष्णदेब तिमिल्सेना,कर्ण जैशि,सुमन पाण्डे लगायत १५ जना भन्दा बढिकाे उपस्थित रहेकाे थियाे ।











