बाजुरा: जिल्लाकाे बडिमालिका नगरपालिका वडा. नम्बर. ७ गाेपिसेरामा उचित गुणस्तरीय सिचाइ नहर नहुदा हिउँदे बालिमा समस्या भएको छ । गुणस्तरिय सिचाइ नहरकाे अभावले सुकेकाे गहुँबालिमा पानी लगाउन पनि निकै समस्या भएको छ ।
लामाे समयदेखि परेकाे खडेरिले गर्दा गहुँबालि सुकेका कारण उक्त गहुँबालि लाई थप जाेगाईराख्न गहुँबालिमा पानी लगाउन समेत सिचाइ नहरकाे सुबिधा नहुदा लगाईएका गहुँ बालिहरु सुक्दै जान थालेका छन । गहुँबालिमा पानी लगाउन समेत वडामा राम्रो सिचाइ नहरकाे ब्यबस्था नभएको कालाऋृषि युवाक्लबका अध्यक्ष गणेश राज तिमिल्सेनाले बताएका छन । अध्यक्ष तिमिल्सेनाका अनुसार वडाकाे कमडेखाैला,गाेपिसेरा,बुख्खेति लगायतका ठाउँहरु उचित नहरहरुकाे निर्माण हुन नसक्दा अहिले हिउदे बालि नालिमा निकै समस्या भएको बताएका छन । तिमिल्सेना बताउछन्,वडामा उचित सिचाईकाे सुबिधा नहुदा मानिसहरुकाे सक्रियतामा कुलाे खनेर पानी लगाउनु पर्ने बाध्यता रहेकाे उहाँले बताएका छन। वडामा नहरहरु धेरै भएकाे भएतापनि उचित गुणस्तरिय नहरहरुकाे सुबिधा नहुदा हरेक बालि नालिहरुकाे लागि समस्या परेकाे उहाकाे भनाइ रहेकाे छ । अन्य वडामा नहरहरुकाे कमै सुबिधा भएको भए पनि ती नहरहरु गुणस्तरिय छन् । पानिहरु लगाउन पनि सजिलाे छ तर बडिमालिका नगरपालिका वडा. नम्बर ७ मा नहरहरुकाे सुबिधा छ तर उचित गुणस्तरिय नहरहरुकाे निर्माण नहुदा किसानहरुलाई निकै समस्या परेकाे उहाँको भनाइ रहेकाे छ ।
लामाे समयसम्म पानी नपर्दा झनै किसानहरुलाई समस्या परेकाे छ । याे समयमा पुरै हिउँ परेर सेताम्य हुने बेलामा पनि डाडापाखा सुख्खा भएका कारण लगाईएकाे हिउदे बालिमा पनि निकै असर परेकाे छ । वडाका सबै ठाउमा राम्रो सिचाइ नहर नहुदा लगाएका हिउँदे बालिहरु बिस्तारै सुक्दै जान थालेका छन् । पटकपटक वडामा नहरकै समस्या हुने गरेकाे छ भएका नहरहरु चुहिने,हुदा पानी समेत लगाउन नसकिने अबस्था रहेकाे छ । नहरहरुकाे निर्माण बाहुल्यता भएता पनि गुणस्तरिय नहरहरु भने अझै निर्माण हुन सकेका छैन् । भएका नहरहरुमा पनि राम्रोसँग टिकाउ खाले नहुनाले सिचाइ गर्न पनि निकै समस्या रहेकाे छ । यस वडामा अन्य वडाकाे भन्दा बढि नहरहरु निर्माण छन् तर ती नहरहरु खालि देखावटि रुपमा मात्रै रहेका छन्। एउटा नहर पनि राम्रो छैन् ।सबै नहरहरु चुहिने खालका रहेका छन् । कतिपय ठाउमा आकासे पानिकाे भरमा सिचाइ गर्नु पर्ने बाध्यता रहेकाे छ त्यहाँ कुनै पनि सिचाइ सुबिधाकाे बिकाश हुन सकेकाे छैन। निर्माण गरिएको नहरहरु अलपत्र अबस्थामा रहेका छन् किनकि ती नहरहरुकाे कुनै काम नै छैन् भत्किने,चुहिने नहरले सिचाइ गर्न पनि निकै समस्या हुनाले ती नहरहरु अलपत्र अबस्थामा रहेका छन ।
वडामा बजेट धेरै आउँछ तर कता जान्छ वडामा कुनै गुणस्तरीय सिचाइ नहर काे निर्माण पनि हुन सकेकाे छैन हामिहरुले कसरी हिउदे तथा बर्खे खेति लगाउने, चुनावकाे बेला नेताहरु ठुलाठुला गफ हाक्छन्,घरघरमा धारा ल्याउछाै, सिचाइकाे सुबिधा पुगाउछाै,सबै सेवाकाे बिस्तार गछाै भन्छन जब चुनाब जितेर जान्छन गाउतिर फर्केर पनि हेर्दैनन अब यिनिहरुलाई पछिल्लाे समय कुन आधारमा भाेट दिने त्यहाँका स्थानियले बताउने गरेका छन । याे समस्या वडाभरि नै रहेकाे छ । वडाका कुनै पनि ठाउमा गुणस्तरिय सिचाइ नहरहरुकाे निर्माण हुन सकेकाे छैन । नहरहरुकाे लागि आएकाे बजेट पनि कता लसकाउछन् कता यहाँ गुणस्तरीय नहरहरु पनि बनाईदिदैनन्,१ कट्टा सिमेन्टमा भए भरकाे बालुवा र राेडा मिसाउछन्, यसाे किन गर्छौ भनेर साेध्दा ठेकेदारलाई साेध्नु भन्छन् यसबारे स्थानिय सरकार तथा वडाका जनप्रतिनिधि पनि माैन देखिन्छन्,याे तरिकाबाट कसरी वडामा उचित वालिहरु लगाउन सकिन्छ, कसरी वडाकाे बिकाश हुन्छ,बिबेकशिल टाेल समुहका अध्यक्ष माेति पाध्याय बताउछन्, वडामा सबै ठाउमा उचित किसिमका सिचाइ नहरहरुकाे ब्यबस्था भएको भए अहिले यसरी हिउदे बालिहरु सुक्ने थियनन्, पानी लगाएर पनि जाेगाउन सकिन्थ्याे,तर वडामा कुनै उचित खाले सिचाइ नहर नहुदा अहिले हिउदे बालि,गहुँ,जाै,मास,मुसुराे लगायतमा बालिहरुमा निकै समस्या परेकाे उहाँको भनाइ रहेकाे छ ।
हिसावकाे तरिकाले जाने हाे भने वडामा तीन चार दर्जन नहरहरु निर्माण भएका छन्। गुणस्तरीयका हिसाबले जाने हाे भने वडामा एउटै नहर पनि गतिलाे छैनन् । सबै ठाउका नहरहरुमा बढि,बालुवा र राेडा मात्रै मिसावट गरिएको पाईन्छ उक्त नहरमा पानी लगाउन खाेज्दा भनेकाे ठाउमा पानी नै नपुग्ने,आधि नहरमै पानी भिज्ने,सुक्ने गरेकाे पाईन्छ । वडामा असारकाे समयमा पनि पानिकाे लाग्दा हानाहान र काटामार हुने गर्दछ । यदि वडामा राम्रो सिचाइकाे सुबिधा भएको खण्डमा याे प्रबृतिकाे सिर्जना नै हुने थिएन्। सिचाइ नहर नभएकै कारण त्यहाँका स्थानियले कठिन काम गरेर कुलाे खनेर सुकेका बालि नालिमा पानी लगाउने गरेका छन् । वडाकाे जिल्लि,माउलेक,सुनकाना,पाेखरा,गाेपिसेरा,रजाताेलि लगायतका ठाउँमा भने झनै नहरहरुकाे अभाव रहेकाे रहेकाे छ । वडाकाे जिल्लि गाउमा पुरै आकासे भरमा खेति गर्नु पर्न बाध्यता रहेकाे छ । जिल्लि गाउकाे लागि एउटा लामाे सिचाइ नहर रहेकाे छ त्याे पनि पुरानाे तथा उतित गुणस्तरिय नहुदा नहर चुहिने खालकाे रहेकाे छ । लगाएकाे पानी गाउमा पुग्दै नपुग्ने खालकाे रहेकाे छ । त्यस्तै सिराडि,गाेपिसेरा,रजाताेलि,ढम्कने,पाेखरामा पनि यस्तै समस्या रहेकाे छ। कुनै पनि ठाउँमा राम्रो सिचाइ नहरकाे ब्यबस्था नहुदा स्थानिय कृषकलाई निकै समस्या परेकाे छ ।
गाउमै कृषि उत्पादन गरेर बस्ने कृषकहरुकाे लागि भने झनै समस्या रहेकाे छ । कृषि गराै उचित सिचाइ सुबिधा नहुदा लगाएकाे कृषि बालि सुक्ने डर,नगराै गाउमा खालि बसेर पेट पाल्न धाै धाै हुने,गाउमा १२ मासे गुणस्तरीय सिचाइ सुबिधा भएको भए कृषि खेतिबाटै मनग्य आम्दानि कमाउन सकिन्थ्याे तर पनि त्याे अबस्था सिचाइले मारिदिएकाे कृषक महाचन्द पाध्याले बताएका छन । आफुले गाउमा तरकारि खेति गरेकाे तर तरकारि खेतिमा लगातार पानी चाहिने हुदा तरकारि खेतिमा पानी लगाउन नसकिएर तरकारि खेति नै राम्रो गर्न नसकिएकाे उहाकाे भनाइ रहेकाे छ । गाउमा उत्पादन बृद्धि गर्न गाउमा उचित गुणस्तरीय सिचाइ सुबिधाकाे आबस्यक रहेकाे त्यहाँका स्थानियहरुकाे भनाइ रहेकाे छ । गाउमा धेरै नहरहरु बनाउनु भन्दा नि कमै मात्रामा नहरकाे बिकाश गरि तर उचित गुणस्तरीय नहर बनाउदा सबैकाे लागि राहत मिल्ने स्थानियकाे भनाइ रहेकाे छ ।











