बाजुरा — पत्रकार,लेखक तथा शिक्षक नहकुल जोशिलाई मातृ शोक परेको छ । स्वामिकार्तिक खापर गाउँपालिका उपाअध्यक्ष रहनु भएकि पत्रकार जोशीकि ममतामयि आमा मैना जोशीको निधन भएको छ । लामो समय देखी बिरामी भएकी जोशीको राती मृत्यु हुँदा पत्रकार जोशी लाई ठुलो मातृ शोक परेको हो । ५० वर्षीया जोशी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिइन् ।
पछिल्लो केही समययता उनको उपचार जारी रहेको थियो । उपचारकै क्रममा उनको निधन भएको पारिवारिक श्रोतले बताएको छ । २०७९ को स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसका तर्फबाट स्वामिकार्तिक गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । यता गाउँपालिका अध्यक्ष भरत रोकायाले निधन प्रति दुःख व्यक्त गरेका छन् ।गाउपालिकाको उपाध्यक्ष जस्तो गरिमामयी पदमा बसेको ब्यक्ति गुमाउँदा सिङ्गो पालिकालाई समेत असर परेको अध्यक्ष रोकायाले बताएका छन्।











