युनिकोड    राशिफल    एफएम रेडियाे                        
318 पटक पढिएको

मालती घटालाः   हिमाली गाउँपालिकामा विपदका घर निर्माण सम्पन भएपनी भुक्तानी नभएको गुनासो गरेका छन् । गाँउपालिकाको वडा नम्बर ५ कियुडी गाउँमा ९९ घर र वडा नम्बर ४ को फैतिमा २९ घर गरी १ सय २८ घरपरिवारले विपतका घर निर्माण कार्य सम्पन्न गरेका छन । घर निर्माणकार्य सकिएको भएपनि अहिलेसम्म कुनै किस्ताको पैसा भुक्तानी भएको छैन । घर बनाउने काम अन्तिम अवस्था पुग्दा पनि कियुडी गाउँका ९९ घरपरिवार मध्य ७५ घरले पहिलो किस्ता रकम पाएका छन भने २४ परिवारले पहिलो किस्ता पनि रकम नपाएको गुनासो गरेका छन्।

गाउँमा बाढी पहिरो तथा गाउँ चिरा चिरा बनाउदा बस्ती बिस्तार गर्न अहिले जर गाउँ भन्ने ठाउँमा घर निर्माण गरेका छन् । विपत बाट बनाएका घर निर्माण काम सकिएको भएपनि पाउनु पर्ने रकम नपाउदा पुरै घर निर्माण सामाग्री जस्तापाता, काठ र सिमेन्ट सबै समान उदारो निकालेर पैसा नहुदा समस्या भएको छ । अहिले गाउँ नजिकै बजार कवाडी र धुलाचौर बजारमा जादा समान ल्याएका साहु पैसा माग्ने गरेका छन् । तर आफू संग पैसा नहुदा निकै समस्या भएको स्थानीय जस बहादुर रोकायाले बताएका छ्न्।

विपतका घर निर्माण गरे पनि आधाले पैसा पाएका छन। भने आफुले कुनैपनी किस्ताको रकम नपाएको गुनासो गर्नुभयो । घर बनाउदा जस्तापाता लागि खासै पैसा तिर्न सकेको छैन। सबै समान पसलमा उदारो चलाएको छ। घर बनाउने मिस्त्री ज्याला समेत पनि दिन सकेको छैन। आफ्नो घरमा तिर्ने आय स्रोत केही छैन। अस्ति साउन महिनामा माल,पाखर छोडेर पनि गाउँपालिका हिडेर पनि केही काम भएको छैन। घरमा लालपुर्जा लिएर गएपनी रकम पाउन नसकेको स्थानीय दल बहादुर बुढाले बताएका छन्।

हिमाली गाउँपालिका विपत घरको अन्तिम सर्वेक्षण गरिसकेको छ। पालिकामा रहेका १ सय २८ घर प्राविधिक टिम प्रत्येक घरमा गएर फाइनल हेर्ने काम भैसकेको छ । सोही घरमा सर्वेक्षण गर्न जादा घर निर्माण सम्पन्न गरि नयाँ घरमा बस्ने गरेका छ्न। घर सरकारी मापदण्ड अनुसार बनाए पनि किस्तामा दिने पैसा नपाएको गुनासो प्राविधिक टिमलाई सुनाएका हिमाली गाउँपालिका असिस्टेन्ट सब इन्जिनियर प्रेम बहादुर रावतले बताएका छन् ।

गाउँपालिका बाट प्राविधिक रिपोर्ट सहित कागज पत्र तयारी गरेका छौ। जतिका घरहरू पैसा नपरेको घर छन। तिनीहरु लाई रकम निकास गर्न जिल्ला प्रशासन तथा संघ र प्रदेशमा पहल गर्ने काम भैरहेको छ । अब ढिलोमा असार मसान्तसम्म घरको रकम उपलब्ध गराउने गरि निरन्तर रूपमा लागिपरेको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन्।

विपद घर बनिसकेको भएपनि हिमाली गाउँपालिकाले पठाउने कागजपत्र जिल्ला प्रशासन कार्यालयमा आएको छैन। गाउँपालिका जुन व्यहोर्नुपर्ने रकम १० प्रतिशत पाउने पैसा रोखिएको कारणले रकम भुक्तानी भएको छैन। सबै कागज प्रक्रिया पुगे र पालिकाले १० प्रतिशत रकम पठाए भने हामी विपदका घरहरू लाई पाउने रकम दिन तयार भएको जिल्ला प्रशासन बाजुरा प्रशासन शाखा तथा विपद सम्पर्क व्यक्ति नैन रावलले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!