बाजुराः जिल्ला को उत्तर पुर्व क्षेत्र मा रहेको स्वामिकार्तिक खपर गाउँपालिका वडा नं.१ माझपाट रहेको रुपाल अधारभूत विद्यालयमा भाईरल ज्वरो र रुघाखेकि को कारणले केहिदिनको लागि बि व्य.स समिति निर्णय अनुसार विद्यालय बन्द गरिएको छ। भाईरल ज्वरो र रुखाखोकीले बालबालिकाहरु प्रभावित हुन थालेपछि रुडीस्थित माझपाटा आधारभुत विद्यालय एक साताका लागि बन्द गरिएको छ । विद्यालयका प्रधानाध्यापक दानबहादुर धामीका अनुसार विद्यालय ब्यवस्थापन समितिको बैठक गरेर सोमबार देखि माघ १९ गतेसम्म विद्यालय बन्द गरिएको छ । उक्त विद्यालयमा एकपछि अर्को विद्यार्थी धमाधम विरामी पर्न थालेपछि संक्रमण फैलिन नदिन विद्यालय बन्द गर्ने निर्णय गरिएको प्रधानाध्यापक धामीले बताए । स्वामीकार्तिक गाउँपालिकाको जुकोटमा रहेको शम्भुसुनन्दा माध्यमिक विद्यालयमा पनि भाइरल ज्वरोको प्रकोप देखिएको थियो । मौषम परीवर्तनसँग बाजुरामा रुघाखोकी र भाइरल ज्वरोको संक्रमण देखिन थालेको हो











