युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
547 पटक पढिएको

गोबिन्द्र राज तिमिल्सेना,बाजुराः लामो समयपछि हिउँदे बर्षा तथा हिमपात हुँदा बाजुराबासी खुसी भएका छन् । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव संगै देशका बिभिन्न ठाँउमा बर्षा तथा हिमपात भएको छ । बाजुरामा पनि हिजो रातिबाटै लगातार बर्षा तथा उच्च हिमाली भुभागमा हिमपात भएको छ । खडेरी ले बाली सुक्दै गएका बेला लामो समयपछि हिँउदे बर्षा तथा हिमपात हुँदा बाजुराबासी निकै हर्षित बनेका छन ।

गत १६ गतेबाटै मौषम बदली रहि देशका उच्च हिमाली तथा लेकाली भुभागमा हिमपात र बर्षा भइरहेको छ । अन्य ठााउमा १६ गतेदेखि बर्षा तथा हिमपात भएको भएपनि जिल्ला बाजुरामा भने बुधबार राती बाट बर्षा तथा हिमपात भएको छ । अन्य ठाँउ सुदूरपश्चिम प्रदेश केहि ठाँउ, त्यस्तै कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा १६ गतेबाटै हल्का वर्षासँगै उच्च हिमाली भेगमा बाक्लो हिमपात भइरहेको छ । लामो समयपछि जिललामा बर्षा तथा उच्च हिमाली भेगमा हिमात हुँदा अत्याधिक जाडोको अनुभव गरीएको छ ।

करिब लामो समयको अन्तरालपछि बर्षा तथा हिमपातले बालीनाली सप्रिने भन्दै बाजुराका किनासहरु खुसी भएका छन। खडेरीले बालीनाली सुक्दै गएका थिए,लामो समयपछि बर्षा र हिमपात हुँदा अब बालीनालीमा सुधार आँउनुका साथै कहि उत्पादनमा बृद्धि हुने बिश्वास लगिएको एकजना किशानले बताएका छन । तथा हिमपात हुँदा लगाइएका बालीनालीलाई राम्रो हुने भएको छ । बर्षा हुन नसक्दा बालीनाली सबै सुख्खा भएर सुक्न लागेका थिए,भोकमरीको चिन्ताले पनि सताउन थालेको थियो तर बुधबार राती देखि नै जिल्ला उच्च हिमाली तथा लेकाली भुभागमा बर्षा संगै हिमपात हुँदा जिल्लाभरको हिँउदे बालीनालीमा निकै सहयोग पुग्ने ति किशानले बताएका छन ।लगातारको खडेरीले बालीनाली सुक्दै गएको बेला भएको हिउँदे वर्षा तथा हिमपातले निकै राहत हुने बडिमालिका नगरपालिका वडा.नं.७ का एकजना अगुवा किसान मोती पाध्यायले बताएका छन ।

लामो समयसम्म बर्षा हुन सकेको थिएन,बालीनाली सुक्दै थिए,सकि नसकी बालीनालीमा खोलाबाट पानी ल्याएर लगाएका थियौ त्यो पानीले पनि राहत मिलेको थिए आज एकाएक बर्षा तथा हिमपात हुँदा निकै खुसी भएको था बालीनाली लाई पनि निकै सहयोग पुग्ने किशान पाध्यायको भनाई रहेको छ । जिल्लामा २६ हजार १ सय ६० हेक्टर क्षेत्रफलमा हिँउदे गहुँ बाली लगाइने गरीन्छ, जसमा सचिंत क्षेत्रफल ५ हजार २ सय ८५ हेक्टर छ भने असचिंत क्षेत्रफल २२ हजार ९ सय रहेको छ । जस अनुशार २० प्रतिशत हेक्टर क्षेत्रफलमा सिचाईको सुविधा रहेको छ । यता ८० प्रतिशत हेक्टर क्षेत्रफल आकाशे पानीको भरमा रहेका कारण हिँउदे बाली गहुँ लगायत अन्य बाली उत्पादनमा गिरावट आउने देखिएको थियो तर लामो समयपछि बर्षा तथा हिमपात हुँदा केहि सुधार हुने भएको छ । बाजुरामा ५ सय २८.५ हेक्टर क्षेत्रफल खेति योग्य जमिन छ । भने २२ हजार ९ सय पाखो तथा भिरालो जमिन रहेको छ। लामो समयको बर्षा तथा हिमपातले हिँउदे बालीमा सहयोग पुग्ने भएको छ ।

यो हिँउदे बर्षा तथा हिमपातले लगाइएको हिउँदेबाली र हिउँदे फलफूलका बिरुवाका लागि निकै लाभदायक हुने भएको छ। वर्षाले गहुँलगायतका हिउँदेबालीका लागि निकै फाइदा पुर्याउने भएको छ । यसैबीच हिउँदे वर्षा तथा हिमपात भएसंगै जिल्ला सदरमुकाम मार्तडी लगाएत जिल्ला भरी नै अत्याधिक चिसो बढेको छ । बर्षा तथा हिमपातका कारण चिसो निकै बढेपछि चिसोको कारण जिल्लावासीको जनजीवन प्रभावित बनेको छ। चिसोका कारणले वृद्धवृद्धा, बालबालिका बढी प्रभावित भएका छन्। हिमपातका कारण जिल्लाको आवतजावत नै बन्द भएको छ। हिजो राती बाटै लगातार बर्षा हुँदा सदररमुकाममा मानिसहरुको आवतजावत पपनि सुन्य देखएको छ ।

लामो समयपछि जिल्लामा बर्षा भइरहँदा कतिपय कृषकहरुले खुसीयाली समिेत बनाएका छन। सुकेको बालीनाली जोगिने भन्दै किशानहरुले खुसीयाली समेत बनाएइका छन। बर्षा तथा हिमपातले लगाएको बाली जोगिने आशा बाजुराका किशानहरुको रहेको छ । हिँउदे बाली गौँ,जौ,उवा लगाएतका बालीहरुलाई निकै सहयोग मिल्ने किशानअरुको भनाई रहेको छ । बर्षा नहुँदा सोचेजती हिँउदे बाली उत्पादन गर्न नसपकिने भन्दै किशानहरु दुखित भएका थिए तर लामो समयपछि बर्षा तथा हिमपात हुँदा अब केहि हिँउदे बाली उत्पादनमा सुधार। आउने किशानले बताएका छन । लामो पछिको हिउँदे वर्षाका कारण जिल्ला बाजुरामा मात्रै नभई पहाडी क्षेत्र तथा तराईका जिल्लामा लगाइएका विभिन्न बालीलाई राहत भएको किसानहरुले बताएका छन । वर्षाले विभिन्न अन्नवाली, फलफूल र तरकारीलगायतका किसानलाई फाइदा पुगेको हो।

लामो समयपछि जिल्लामा बर्षा तथा हिमपात हुँदा जिल्लाका पर्यटकिय स्थल बडिमालिका, बूढीनन्दा,सुनन्दा,रानीसैन,कालाजग्रा, बडालेखल,लगायतका उच्च हिमाली तथा लेकाली क्षेत्र यतिबेला सेताम्मे बनेका छन्।जिल्लामा यो वर्ष पहिलो पटक हिँउदे बर्षा तथा हिमपात भएको हो । लामो समयसम्म बर्षा नहुँदा धुलो र धुँवाका कारण मौसमी रुघाखोकीको प्रकोप बढेको थियो अब उक्त सकस्या समाधान हुने भएको छ । जिल्लाका ९ वटै पालीकामा बुधबार रातीदेखि बर्षा तथा हिमपात भईरहेको छ भने तलो क्षेत्रमा पनि वर्षा भइरहेको छ । लामो समयदेखि पानी नपर्दा समस्यामा परेका जिल्ला बाजुराका किसान हिमपात र पानी परेपछि भने खुसी भएका छन्। बाजुरासहित सुदूरपश्चिम प्रदेशका उच्च् पहाडी तथा लेकाली भुभागमा बर्षा तथा भारी हिमपात जारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!