बाजुराः प्रेस युनियन जिल्ला शाखा बाजुराको सदस्यमा पत्रकार मालती घटाला मनोनित भएकी छन्। लोकतन्त्रवादी पत्रकारको छाता संस्था नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराको तेस्रो बैठकले घटालाई प्रेस युनियनको जिल्ला सदस्यमा मनोनित गरेको प्रेश युनियन जिल्ला शाखा बाजुराले जनाएको छ ।आज एक कार्यक्रमका बिच जिल्ला सदरमुकाम मार्तडीमा पत्रकार घटालालाई प्रेश युनियन बाजुर।ाको सदस्यमा मनोनित गरीएको प्रेश युनियन जिल्ला शाखा अध्यक्षसंगिता तिमिल्सेनाले जानकारी दिनुभएको छ ।
नेपाल प्रेस युनियनको विधान–२०४८ (छैटौँ शंशोधन–२०७९ को धारा २१) को उपधारा २१ बमोजिम कोल्टीमा रहेको रेडियो अपिमा कार्यरत पत्रकार मालती घटालालाई मनोनित गरिएको बताइएको छ । ।युनियनको विधानको परिधिमा रहेर पदीय जिम्मेवारी अनुसार सङ्गठन विस्तार, पत्रकारिता क्षेत्रको विकासका लागि भूमिका खेल्ने अपेक्षा सहित घटालालाई जिल्ला सदस्यको रुपमा मनोनित गरीएको छ । घटालाई अबिर सिंदुर तथा खादाले स्वागत गरीएको छ साथै सबैले सफल कार्यकालको शुधभकामना समेत दिएका छन ।











