युनिकोड    राशिफल    एफएम रेडियाे                        
305 पटक पढिएको

बाजुराः  प्रेस चौतारी नेपालको स्थापना दिवसको अबसरमा दूई जना पत्रकारलाई विनोद स्मृती पत्रकारिता पुरस्कार बाट सम्मानित गरीएको छ । प्रेस चौतारी नेपाल केन्द्रिय सदस्य विमला रावल र प्रेस चौतारी आवद्ध पत्रकार गगन अएडीलाई २६ औँ स्थापना दिवसको अवसरमा विनोद स्मृती पत्रकारिता पुरस्कार प्रदान गरिएको प्रेस चौतारी नेपाल बाजुराका अध्यक्ष मदन विकले बताउनु भयो ।

अध्यक्ष विकका अनुशार स्थापना दिवसको अवसरमा रावल र अएडीलाई विनोद स्मृतीको सम्झनामा प्रमाण पत्र सहित ५ हजार ५ सय ५५ रुपैयाको चेक हस्तान्त्रण गरिएको छ । प्रेस चौतारी नेपाल बाजुराले स्थापना दिवसको अवसमा प्रत्येक बर्ष विनोद स्मृती पुरस्कार प्रदान गर्दै आएको प्रेस चौतारी नेपाल बाजुराका सचिव रमित विकले बताउनु भयो ।

उहाँका अनुशार स्थापना दिवसकै अवसरमा निबन्ध प्रतियोगिताको समेत आयोजना गरिएको हो । उक्त निबन्ध प्रतियोगिता बाजुरा क्याम्पसमा गरिएको बताईएको छ । प्रेस चौतारी नेपालले आयोजना गरेको निबन्ध प्रतियोगितामा कुमार प्रशाद उपाध्याय प्रथम , भरत बोहोरा द्धितिय, र तृतियमा मनिशा चेपाङ र सान्त्वना रोसनी कुमारी बुढाले प्राप्त गरेको सचिव विकले जानकारी दिनुभयो ।

प्रथम,द्धितिय ,तृतिय र सान्त्वना स्थान प्राप्त गर्ने प्रतियोगिहरुलाई स्टेशनरी समान प्रदान गरिएको उहाँले बताउनु भयो । प्रेस चौतारी नेपाल बाजुराका अध्यक्ष मदन विकको अध्यक्षतामा संचालन गरिएको कार्यक्रमको प्रमुख अथिती नेकपा एमाले बाजुराका प्रचार विभाग प्रमुख काशी वि .क रहेका थिए ।त्यस्तै अथितीमा नेपाली काग्रेस बडिमालिका नगरसभापती गोपाल कार्की , एकिकृत समाजवादी बाजुराका अध्यक्ष पुरबहादुर रावत, बडिमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्का,उपप्रमुख नन्दा थापा,गौमुल गाउँपालिका उपाध्यक्ष सिता थापा, प्रेस चौतारी नेपाल प्रदेश अध्यक्ष कृष्ण ओली , प्रेस युनियन बाजुरा अध्यक्ष संगिता तिमिल्सेना,प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव निमेन्द्र शाही ,समाजवादी प्रेस संगठन केन्द्रिय सदस्य धनकृष्ण विक लगायत रहेका थिए ।प्रेस चौतारी नेपाल बाजुराका कोषाध्यक्ष शुसिल रोकायाले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन सचिव रमित विकले गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!