बाजुराः नेपाली काँग्रेस बाजुराले कांग्रेसका पुराना नेता एवं संविधानसभाका सदस्य, पूर्व मन्त्री, पार्टी केन्द्रीय सदस्य केशबकुमार बुढाथोकीको निधन प्रति दुुख व्यक्त गरेको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिती बाजुराले मंगलबार आकस्मिक बैंठक बसी काँग्रेस नेता बुढाथोकीको निधन प्रती दुख व्यक्त गरेको हो ।
काँग्रेस बाजुराले बुढाथोकीको निधनका कारण समुदायमा कांग्रेस अभियान समेत स्थगन गरिएको पार्टी सचिव तिलक पुरीले बताउनु भयो ।उहाँका अनुशार काँग्रेस बाजुराले बुढाथोकीको निधन प्रति दुख व्यक्त गर्दै झण्डा समेत झुकाईएको बताउनुभएको छ । यस सँगै सहमहामन्त्री भिष्मराज आङदाम्वे र काँग्रेस केन्द्रिय सदस्य तथा समुदायमा काँग्रेस अभियानका लागी बाजुरामा प्रतिनिधी खटाएर आएका नृप वडको काँग्रेस सुमुदाय संगको भेटघाट र यात्रा पनि रोकिएको छ । केन्द्रिय सदस्य वडले समुदाय संगको भेटघाट थालेको यात्रा जहाँबाट रोकिएको हो पछि त्यहाँबाट नै पुनः यात्रा चालु हुने बताउनु भएको छ ।