बाजुरा– जिल्लाको बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष तथा बडिमालिका नगरपालिकाका नगर प्रबक्ता धर्मराज पाध्यायको समन्वयमा वडा न ७ का जेहेन्दार तथा बिपन्न बालबालिकाहरुलाई न्यानो लुगा बितरण गरिएको छ । आज सरस्वती पूजाको अवसर पारी वडा अध्यक्ष पाध्यायाले बिद्यार्थीहरुलाई न्यानो लुगा बितरण गरेका हुन ।

स्वयम बिद्यालयमै गएर बिद्यालयमा अध्यनरत जेहेन्दार तथा बिपन्न बालबालीकाहरुलाई न्यानो लुगा बितरण गरीएको अध्यक्ष पाध्यायले जानकारी दिनुभएको छ ।आज स्वरस्वती पुजाको अवसर पारेर विपन्न जेहन्दार विद्यार्थी लाई न्यानो कपडा वितरण र नव आगन्तुक वालवालिकालाई अक्षर आरम्भ तथा कापि कलम वितरण गरिएको वडाअध्यक्ष पाध्यायले बताए । चिसोमा न्यानो कपडा किन्न नसक्ने वालबालिकाहरुलाई न्यानो कपडा सामाजिक सेवा फाउन्डेसन नेपालले सहयोग गरेको वडाअध्यक्ष पाध्यायले जानकारी दिएका छन ।वडा भरीका विपन्न करिब १ सय ५ जना विद्यार्थीलाई न्यानो कपडा जकेट वितरण गरिएको उनले बताए ।












