युनिकोड    राशिफल    एफएम रेडियाे                        
350 पटक पढिएको

गोबिन्द्र राज तिमिल्सेना,बाजुराः  मार्तडी कोल्टि सडकखण्डको बडिमालिका नगरपालिका वडा. नम्बर ८ बाउली अनाई खोलामा अबरुद्ध भएको सडक करिब दुई साता बितिसक्दा पनि संञ्चालनमा आउँन नसक्दा यातायातका साधन संञ्चालनमा समस्या भएको छ । सडक अबरुद्ध भएको लामो समय बितिसक्दा पनि सडक अझै सञ्चालनमा आउन सकेको छैन्,जसका कारण दैनिक यातायातका साधनहरुलाई वारपार गर्न निकै असहज भएको छ । जिल्ला सदरमुकाम मार्तडी बाट सामान ढुवानी गरेर कोल्टि लिनको लागी पनि निकै सास्ति भएको छ ।

सदरमुकाम मार्तडी बाट जाने गाडि र कोल्टि बाट सदरमुकाम तिर आउने गाडिहरु पनि बितण्डामा परेका छन् । वारितिरका गाडि वारि र पारितिरका गाडि पारितिर नै थन्किएका छन्। पहिरो अझै पन्छाउन नसक्दा यातायातका साधनहरु वारपारमा निकै समस्या भएको छ । स्थानियहरुलाई पनि आवतजावतमा समस्या भएको छ । गत माघ २२ गते राति आएको पहिरोका कारण सडक भासिएको थियो । सडक भासिएको करिब दुई हप्ता भन्दा बढि भयो तरपनि अझै सडक खोलिने सुरसार भने देखिदैन, मुख्य सडकमै पहिराले बाधा पुर्यापछी सामान ढुवानी, यातायातका साधन,र स्थानियबासिहरुलाई असर परेको छ । पक्कि पुल निर्माणका लागि उक्त ठाउँमा डोरजले निर्माण कार्य सुरु गर्न खाल्डो खनेको थियो तर माघ २२ गते राति उक्त ठाउँमा पहिरो जादा सडक अबरुद्ध भएको हो ।
पक्कि पुल निर्माणका लागी ठेक्का सम्झौता गरेको ठाउँमा अहिले पहिरोले थप समस्या उत्पन्न गराएको छ । निर्माण कार्य संग संगै यातायातका साधनलाई वारपार गर्न निकै असहज भएको छ । जसको असर प्रत्यक्ष स्थानीयलाई परेको छ । सदरमुकाम बाट कोल्टि जाने र कोल्टि बाट जिल्ला सदरमुकाम आउने ब्यक्तिहरुको लागि निकै समस्या भएको छ । बिच बाटोमै उत्रिएर वार पार गरि अर्को गाडिमा चढ्नुपर्ने बाध्यता रहेको छ । कोल्टि क्षेत्र तिर मात्रै नभई जिल्लाको बडिमालिका नगरपालिका वडा। नम्बर ७ लगायत अन्य ठाउँको लागि सामान ढुवानिमा समेत असर परेको छ । सडक खुलाउन अझै सकस देखिएको छ । सडक नजिक जग्गा भएका ब्यक्तिहरुले पनि सडक सञ्चालनमा बाधा अड्चन दिईरहेको जिल्ला प्रसासन कार्यालय बाजुराले जनाएको छ । पहिरो गएको ठाउँमा धेरै बर्ष पहिले सडक खोलिएको भए पनि सडक नजिक जग्गा भएका ब्यक्तिहरुले जग्गाको मुआब्जा मागिरहेका कारण पनि सडक सञ्चालनमा ल्याउन समस्या भएको प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिनुभएको छ ।


प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार उक्त ठाउँको बाधा हटाउन अन्य ठाउँबाट पनि खासै समन्वय सहकार्य नभएको बताएका छन्। स्थानिहरुले मुआब्जा मागिरहेका छन्,यता अन्य कुनै संघ संस्थाले पनि सडक संञ्चालनमा ध्यान दिएको नपाईदा सडक सञ्चालनमा अलि असहजता भएको उनको भनाइ रहेको छ । सडक संचालनका लागि बाजुराका ब्यापारी तथा अन्य ठाउँबाट पहल भएको भए यति समस्या तथा ढिलासुस्ति नहुने पौडेलको भनाइ रहेको छ । सडक सञ्चालनको लागि यता बडिमालिका नगरपालिकाले समन्वय गरिरहेको भए पनि सबैको समन्वय तथा सहकार्य नहुदा समस्या भएको बताएको छ । सडक अबरोध हुदा कोल्टी क्षेत्रको दैनिक आवत जावतमा थप समस्या भएको छ । जिल्ला सदरमुकामबाट दैनिक उपभोग्य सामाग्री कोल्टितिर लिन निकै समस्या भएको कोल्टिका एकजना कपडा ब्यापारीले बताएका छन् । यता जिल्ला सदरमुकाममा मार्तडीबाट पनि दैनिक उपभोग्य सामान कोल्टि तिर ढुवानी गर्न समस्य भएको मार्तडी ब्यबसाय गरिरहेका ब्यापारीहरुले बताएका छन्।सम्बन्धित निकायलाई तत्काल यो समस्या समाधान गर्न पनि उनिहरुले माग गरेका छन् ।
उक्त सडक अबरुद्ध भएको ठाउँमा पक्कि पुलको निर्माण कार्य धमाधम संञ्चालन भईरहेको छ ।५३४१०९१८.३१ रुपैयाको सम्झौतामा  I.S powerup  joint venture   Dipayal Silgadhi,Doti  ले निमार्ण कार्यको जिम्मा लिएको छ ।२०८० मंसिर २९ मा सम्झौता गरीएको मा २०८१ पुश २९ गते निमार्ण कार्य सम्पन्न गरिसक्नु पर्ने कार्यान्वयन इकाई पुर्वाधार बिकाश कार्यालय साँफेबगर अछामले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!