बल बहादुर बोहराः शिक्षा समन्वय इकाई बाजुराले नँया पाठ्यक्रम कार्यन्वयनका लागी शिक्षकलाई सहजिकरण कार्यक्रमको आयोजना गरेको छ । कक्षा ५,८,र १० को पाठ्यक्रम तथा पाठ्यसामाग्री प्रबोधिकरण सम्बन्धि शिक्षकहरुलाई सहजिकरण कार्यक्रम गराइएको आयोजक शिक्षा बिकाश तथा समन्वय इकाई बाजुराले जनाएको छ । आज जिल्लाको बडिमालिका नगरपालिकाको सभाहलमा उक्त कार्यक्रमको आयोजना गरीएको बताइएको छ । कक्षा ५,८ र १० को नँया पाठ्यक्रम कार्यान्वय तथा पाठ्यक्रम तथा पाठ्यसामाग्री कसरी प्रवोधिकरण गर्ने भन्ने बिषयमा बिभिन्न बिद्यालयहरुका शिक्षकहरु बिच सहजिकरण अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रम ८ गतेसम्म संञ्चालन गरिने शिक्षा बिकाश तथा समन्वय ईकाइ बाजुराले जनाएको छ । एक औपचारिक कार्यक्रमका बिचशिक्षा बिकास तथा समन्वय इकाई बाजुराका प्रमुख हर्क बहादुर सिँहको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसिराम रोकाया रहनुभएको थियो त्यस्तै कार्यक्रममा बडिमालिका नगरपालिकाका नगर प्रमुख अम्मर बहादुर खड्का, बिशिष्ट अतिथि को रुपमा रहनुभएको थियो । त्यस्तै कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बम बहादुर के. सि ,प्रेस युनियन जिल्ला अध्यक्ष संगिता तिमील्सेन लगाएत अतिथिको रुपमा रहनुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य राख्दै शिक्षा बिकास समन्वय इकाई का प्रबिधिक सहायक गोपाल दत पाण्डेले नयाँ पाठ्यक्रम लागि सबैले सहजिकरण गर्न आबश्यक रहेको बताएका थिए । त्यस्तै बडिमालिका प्रमुख प्रशाशकीय अधिकृत बम बहादुर के.सि ले नयाँ पाठ्यक्रमले बिद्यार्थीको सिकाईमा थप सुधार ल्याउन सहयोग गर्ने बताएका थिए । सबै बिद्य ालयहरुका शिक्षकहरुले आफ्ना बिद्यार्थीहरुको सिकाई बढीभन्दा बढी ध्यान दिन आबश्यक रहेको समेत उनले बताएका थिए । बडिमालिका नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा का प्राबिधिक राम बहादुर कटुवाल संञ्चालन गर्नुभएको कार्यक्रममा बिभिन्न बिद्यालयहरुका शिक्षक,सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि लगायत पत्रकारको बाक्लो उपस्थित रहेको थियो ।