प्रत्येक चार वर्षको अवधीमा चल्ने गरेको अभियानको खोप लगाउने काम पहिलो दिन विहान १० बजेबाट सुरु गर्ने तयारी गरिएको छ । केही हिमाली भेगमा हिमपात र चिसोले सामान्य असर गरेपनि एकसाथ सुरु हुने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख चन्द्रले बताए ।खोप ९ महिना देखि ५ वर्ष मुनिका सबै बालबालिकालाई लगाइने भएको छ । दादुरा रुबेला रोग निवारण गर्ने लक्ष्य अनुसार नै अभियान सञ्चालन गर्न लागिएको हो ।खोप लगाउनका लागि प्रत्येक घरमै पुगेर निमन्त्रणा कार्ड नै दिएर खोप सेवामा सहभागि हुन स्वास्थ्यकर्मीले आमन्त्रण गरिसकेका छन् । तीनदिनसम्म तोकिएको स्थान र नभए सम्बन्धी घरमै पुगेर पनि खोप लगाउने तयारी स्वास्थ्य कार्यालय बाजुराले गरेको छ ।जिल्लाका १३ हजार ९४२ जना बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख चन्दको भनाई रहेको छ ।बढी जोखिम भएका तराइ क्षेत्रका २४ जिल्लामा ९ महिना देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइने भएको छ । भने कम जोखिम भएका पहाडी र हिमाली क्षेत्रका जिल्लाका ९ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई खोप सेवा उपलब्ध गराइने भएको छ ।
जिल्लाका १६५ वटा खोप केन्द्रमा १६५ जना स्वास्थ्यकर्मी र २३० जना स्वयम सेवक खटिएका छन् ।खोप सेवा लिने बालबालिकाको संख्या सबैभन्दा बढी बुढीगंगा नगरपालिका दुई हजार १२ जना, त्रिवेणी नगरपालिका दुई हजार १० जना, खप्तड छेडेदह गाउँपालिका दुई हजार ९ जना रहेका छन् । यस्तै बुढीनन्दा नगरपालिकामा एक हजार ९३६ जना, बडीमालिका नगरपालिका एक हजार ५९९ जना, स्वामिकात्र्तिक खापर गाउँपालिका एक हजार ३७१ जना बालबालिकाले खोप पाउने भएका छन् ।यसैगरी जगन्नाथ गाउँपालिकामा एक हजार ५४ जना, एक हजार ३१ जना र गौमुलमा ९२० जना बालबालिकाले खोप सेवा पाउने स्वास्थ्य कार्यालय बाजुराको तथ्यांक रहेको छ ।











