युनिकोड    राशिफल    एफएम रेडियाे                        
267 पटक पढिएको

गोबिन्द्र राज तिमिल्सेना,बाजुराः यो बर्ष बाजुरामा समयमै पाठ्यपुस्तक पुगेका छन् । अघिल्ला वर्षहरूमा शैक्षिक सत्र सुरु हुने बेलादेखि नै विद्यालयमा पुस्तक नपुगेका समाचार दिनानु दिन आउने गरेता पनि यो बर्ष भने बाजुरामा शैक्षिक सत्र सुरु नुहदै पाठ्यपुस्तक पुगेका छन् । पहिलो बर्षहरुमा पुरै एक बर्ष बितिसक्दा पनि जिल्लाका बिकट ठाँउका बिद्यालयहरुमा पाठ्यपुस्तक पुग्न सकेका थिएनन् तर, यसपालि भने शैक्षिक सत्र सुरु हुनु अगाबै पाठ्पुस्तक जिल्लाका बिभिन्न बितरण केन्द्रमा पुगिसकेका छन् । समयमै पाठ्यपुस्तक पुग्दा विद्यार्थीहरू पनि निकै खुशी देखिएका छन ।जिल्लामा रहेका सामुदायिक विद्यालयका विद्यार्थीको संख्याका आधारमा शैक्षिक सत्र २०८१ को लागि कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई लक्षित गरेर शिक्षा मन्त्रालयको निर्णय बमोजिम नै किताब आउने क्रम जारी रहेको जिल्ला शिक्षा तथा समन्वय इकार्ई बाजुराका प्रमुख हर्क बहादुर सिंहले बताउनुभएको छ ।

 

सदरमुकाम मार्तडीमा अहिले पहिलो चरणमा बडिमालिका,गौमुल केहि बिद्यालय बुढीगंगा र केहि बिद्यालयय खप्तड छेडेदहको लागी आबश्यक पाठ्यपुस्तक जिल्ला सदरमुकाम मार्तडी आइपुगेको मार्तडीमा रहेको डेल्टा एण्ड करुणा पुस्तक पशलका संञ्चालक नृप बहादुर खातीले बताउनुभएको छ । उहाँका अनुसार आज मात्रै गौमुल र बडिमालिकाका गरेर जम्मा ८ ओटा बिद्यालयहरुको लागी पाठ्यपुस्तक बिक्री बितरण गरीएको उहाँले बताएका छन् । थप अन्य बिद्यालयहरुको लागी पाठ्यपुस्तक आउने क्रम जारी रहेको उनको भनाई रहेको छ । किताब ढुवानीका लागि १६ प्रतिशत ढुवानी खर्चसमेत जनक शिक्षाले दिएको छ भने व्यापारीले ९ प्रतिशतसम्म किताबमा कमिसन पाउने भएकाछन्।पहिलेको बर्ष झै यो बर्ष जिल्लाका सामुदायिक बिद्यालयहरुमा किताबको लागी झन्झट नहुने अनुमान गरीएको छ । अघिल्लो शैक्षिक सत्रमा कतिपय बिद्यार्थीहरु पाठ्यपुस्तकबाट बञ्चित बनेका थिए । जिल्लाका कतिपय ठाँउका बिद्यालयहरुमा पाठ्यपुस्तक पुग्न सकेका थिएनन् पाठ्यपुस्तक बिक्री बितरण हुने केन्द्र नजिकका बिद्यालयहरुमा पाठ्यपुस्तक पुगेको भएता पनि अन्ष्य कतिपय ठाँउका बिद्यालयहरुमा भने पाठ्यपुस्तक पुग्न सकेका थिएनन् । तर यो बर्ष भने अझै शैक्षिक सत्र सुरु हुन करिब दुई हप्ता बाँकी छ तरपनि जिल्लाका बिभिन्न पाठ्यपुस्तक बिक्री केन्द्रमा पाठ्यपुस्तक पुगिसकेका छन् ।

 

यो बर्ष जनक शिक्षाले समयमै नयाँ शैक्षिक शत्र सुरु हुनु भन्दा पहिले नै मुलुकका विभिन्न वितरण केन्द्रमा पाठ्य पुस्तक पुर्‍याइसकेको छ।सरकारले बाजुरा सहित हिमाली तथा पहाडी जिल्लालाई बिषेष प्रथामिकतामा राखेर समयमै पाठ्यपुस्तक पुर्याउने लक्ष्य राखेसंगै सोहि अनुरुप जिल्ला बाजुरा सहित अन्य सुदुरका जिल्लाहरुमा समयमै पाठ्यपुस्तक पुगेका छन् । जनक शिक्षा सामाग्री केन्द्रको धनगढीमा रहेको गोदाममा ८० प्रतिशत किताब जनक शिक्षाले ल्याइसकेको छ । धनगढीको गोदाममा रहेका किताब गएको मङ्गलवार देखि नै जिल्ला बाजुरा सहित सुदुरका सबै जिल्लाहरुमा बिक्री–वितरण कार्य सुरु गरिएको छ।यो बर्ष सुदुरको जिल्ला बाजुराबाट किताब बिक्री–वितरणको काम सुरु भएको छ । जिल्ला बाजुरामा बर्सातको समय सुरु भए पुस्तक ढुवानीमा समस्या हुने भन्दै बाजुरा जिल्लामा सबैभन्दा पहिले किताब पठाइएको जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख रामबहादुर कुँवरले बताउनुभएको छ ।

 

जिल्लाका कतिपय स्थानियतहका सामाुदायिक बिद्यालयहरुले पाठ्यपुस्तक ढुवानी समेत गरीसकेका छन् भने अन्य बाँकी बिद्यालयहरु पनि पाठ्यसामाग्री ढुवानी गर्ने तयारीमा रहेका छन् । जिल्ला बाजुरामा आगामी शैक्षिक सत्र २०८१ का लागि ६ लाख १४ हजार सात सय ९८ थान किताबको आवश्यक्ता हुने अनुमान गरीएको छ। जिल्लामा २ सय ३७ ओटा सामुदायिक विद्यालयहरु सञ्चालनमा रहेको जिल्ला शिक्षा तथा समन्वय इकाई बाजुराले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!