बाजुराको मार्तडी कोल्टी सडक खण्ड अन्र्तगत दिवा तथा रात्री बस सञ्चालनको लागि अस्थायी अनुमति प्रदान गर्ने निर्णय भएको छ । सोमबार जिल्ला सदरमुकाम मार्तडीमा बसेको यातायात व्यवस्था समितीको बैठकको निर्णय अनुसार उक्त सडक खण्डको स्तरन्नोती गरी बस सेवा सञ्चालनका लागि अस्थायी अनुमति प्रदान गर्ने निर्णय भएको हो । कुण्डा क्षेत्रका नागरीकको आवात जावतमा हुने कठिनाईलाई मध्यनजर गर्दै कोल्टी मार्तडी सडक खण्डमा १० दिन भित्र सडकको स्तरउन्नोती गरी सेवा सञ्चालन गर्ने निर्णय भएको जिल्ला प्रसाशन कार्यालय बाजुराले जनाएको छ ।
गत चैत्र २२ को जगन्नाथ, सुदुरपश्चिम र भेरी यातायात सेवा प्रालीको स्थलगत निरीक्षण पश्चात दिवा तथा रात्री बस सेवा सञ्चालनका लागि माग भए अनुसार उक्त उक्त निर्णय भएको प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलद्धारा हस्ताक्षेरीत निर्णयमा उल्लेख छ । बैठकले मार्तडी कोल्टी सडक खण्डमा यातायात प्रा.ली संग रात्री बसको हकमा ८ वर्ष ननाघेका तथा दिवा बसको हकमा १० वर्ष ननाघेका कम्तिमा ५ वटा बस हुनुपर्ने, सडक खण्डको प्राविधिक दृष्टिकोणले उपयुक्त छ भनि डिभिजन सडक र भौतिक पुर्वाधार विकास कार्यालयका प्राविधिकले प्रतिवेदन बुझाउनु पर्ने निर्णय गरीएको छ ।
डिभिजन, सडक र भौतिक पुर्वाधार विकास कार्यालयले मार्तडी कोल्टी सडकको अफ्ठेरो एवम सवारी व्यवसायीले सुधार गर्नुेपर्ने भनी आएको सुझाव दिएका ठाउँमा १० दिन भित्र बस सञ्चालनका लागि सडक बनाउने उल्लेख छ । बुढीनन्दा, बडीमालिका र बुढिगंगा नगरपालिकाले आकस्मिक रुपमा आइपर्ने सामान्य खालका मर्मत सम्भार गरी सडक सुचारु गर्ने, बाटो सही कायम गरी सडक सञ्चालनमा ल्याउन सडकको वरपरका हटाउनु पर्ने संरचना तत्काल हटाउने र नेपाल सरकारको नीति नियम अनुसार आवश्यक सहयोगको पहल गर्ने निर्णय भएको छ ।
सर्वपक्षिय बैठकले सडक निमार्णसँग सम्बद्ध निकायले ठेक्का सम्झौताको उललेखित समय भित्र सडक निमार्णको काम गरेकाले समयमै सम्पन्न गर्न पहल गर्ने र यदि समयमै निमार्ण सम्पन्न नगर्ने निमार्ण व्यवसायीलाई कानून बमोजिम आवश्यक कार्वाही गरीने निर्णय भएको छ ।