बाजुराः जिल्लाको स्वामिकार्तिक गाँउपालिकामा संञ्चालित पालिका स्तरीय कक्षा ८ को परिक्षामा ६१ दशमलव ९२ प्रतिशत अर्थात १ सय ८७ जना बिद्यार्थी उत्तिर्ण भएका छन् । पालिका भरका १० वटा विद्यालयबाट सहभागी ३ सय २ जना बिद्यार्थीहरु मध्ये सो संख्यामा बिद्यार्थीहरुको उत्तिर्ण भएको गाँउपालिका शिक्षा तथा खेलकुद शाखाले जनाएको छ । अन्य केहि पालिकाको तुलनामा यस पालिकाको नतिजा सन्तोषजनक देखिएको छ । अन्य पालिकाको नतिजा हेर्ने हो भने यस पालिकाले शैक्षिक क्षेत्रमा अन्य पालिकाको भन्दा बिषेश ध्यान दिएको पाइएको छ । बिकट क्षेत्रमा रहेको पालिकामा अन्य पालिकाको भन्दा नतिजा राम्रो आएको छ । अन्य पालिकामा स्रोत साधन लगायत प्रबिधि हुँदा हुदै पनि राम्रो नतिजा ल्याउन सकेका छैनन भने यस पालिका बिकट क्षेत्रमा हुँदा हुदै पनि अन्य बिकशित पालिकाको भन्दा राम्रो नतिजा ल्याएको छ ।
परीक्षामा सहभागी मध्ये १ सय १५ जना विद्याथीहरुले भने पढाई दोहोर्याउनु पर्ने गाँउपालिकाले जनाएको छ । पालिकाको शम्भु सुनन्दा मावि जुकोटले सबैभन्दा उत्कृट नतिजा ल्याउन सफल भएको गाउँपालिको भनाई रहेको छ । ४३ जना सहभागी बिद्यार्थी मध्ये उक्त बिद्यालयबाट ३८ जना बिद्यार्थी उर्तीण भएका छन् । त्यस्तै राघुमाता मावि साप्पाटामा ६२ मध्ये २७, शुम्भु सुनन्दा मावि जुकुमा ३१ मध्ये २६, कुलादेवि मावि वर्कुमा ३२ जना बिद्यार्थी मध्ये २४, कालिका आवि फैतामा २१ मा २० जना उतीर्ण भएका छन । त्यस्तै मण्डाली आवि खोलीकोटमा ४८ जनामा १७, रुपाली आवि माझपाटामा २९ मा १२, भैरवनाथ मावि जेरामा २० मध्ये १२, स्वामिकार्तिक मावि वाईमा ११ जना मध्ये ८ र हिमचुली आवि मिगुमा ५ जना मध्ये ३ जना भएको गाँउपालिकाले प्रकाशित गरेको नतिजामा देखाइएको छ । पालिकाले ग्रेडबृद्धि परीक्षा भने संञ्चालन नगर्ने भएको छ।
नतिजा यहाँ रहेको छ …