गोबिन्द्र राज तिमिल्सेना, बाजुरा: जिल्लाकाे बडिमालिका नगरपालिका वडा. नम्बर. ७ गाेपिसेरामा रहेकाे कालाऋषि युवाक्लबले पर्यटकिय स्थल कालाजग्राको पदयात्रा गरेकाे छ । नव बर्ष २०८१ सालकाे अवसरमा उक्त पर्यटकिय स्थलकाे क्लबद्वारा पदयात्रा गरिएको क्लबका अध्यक्ष गणेश राज तिमिल्सेनाले बताएका छन् ।
अध्यक्ष तिमिल्सेनाले दिएकाे जानकारी अनुसार कालाजग्राको भाैगाेलिक,तथा प्राकृतिक भु~ स्वरुपकाे बारेमा अध्ययन तथा जानकारी गर्नको लागि सिङ्गाे क्लबद्वारा पदयात्रा प्रारम्भ गरिएको बताएका छन् । आफ्नै गाउँ ठाउँमा रहेकाे पर्यटकिय क्षेत्रलाई स्थानिय,प्रदेश हुदै राष्ट्रिय स्तरसम्म चिनाउकाे लागि र त्यहाँ वास्तविक भाैगाेलिक स्वरुपकाे बारेमा विभिन्न माध्यम मार्फत सबैमा जानकारी गराउनकाे लागि उक्त पदयात्रा गरिएको उनले बताएका छन्।
एक कार्यक्रम बिच गाेपिसेराबाट उक्त पदयात्रा बिहान ९ बजेबाट प्रारम्भ गरिएको उनले खप्तड मालिका न्युजलाई बताएका छन् । पछिल्लाे समय कालाजग्राको बिषयमा विभिन्न सामाजिक सञ्जालमा प्रचार~ प्रसार गरिएको भएता पनि सिङ्गाे टिमै गएर खासै उक्त क्षेत्रकाे बारेमा कसैले पनि खासै पदयात्रा तथा जानकारी नलिएका कारण क्लवले नयाँ बर्षको अवसर पार्दै क्लवका सम्पूर्ण पदाधिकारी तथा अन्य ब्यक्तिहरुकाे उपस्थितमा पदयात्रा गरिएको उनले बताए। बिषेषत उक्त क्षेत्रलाई थप प्रचार प्रसार गर्नको लागि नै क्लबद्वारा पदयात्रा गरिएको उनले बताए ।
याे भन्दा पहिले पनि उक्त क्षेत्रमा पदयात्रा गर्न धेरै मानिसहरु आउने जाने गरेकाे भए तापनि कसैले पनि उक्त क्षेत्रकाे बारेमा खासै प्रचार प्रसार गरेकाे भेटिएन खालि मनाेरञ्जन गरेर फर्कीने अबस्था थियाे तर क्लबले अरु केही गर्न नसके तापनि विभिन्न सामाजिक सञ्जाल,पत्रपत्रिका तथा रेडियोहरुमा समाचार प्रकाशन तथा प्रसारण गर्न पहल गर्ने उनले बताएका छन् । साथै विभिन्न तल तप्कामा उक्त क्षेत्रकाे पर्यटन प्रबर्द्धन गर्न बिकाशकाे बारेका आवाज उठाउने उनले बताए ।बडिमालिका क्षेत्रभित्रै पर्ने याे क्षेत्रलाई नगरपालिकाले चासाे दिएकाे भए पनि खासै ध्यान नपुर्याएकाे भनाई रहेकाे छ । नीति तथा कार्यक्रम नगरपालिकाले बनायाे तर कतिपय कार्यान्वयन भए कतिपय अझै हुन सकेका छैनन् उनले बताए । त्यस्तै पदयात्रामा निस्किनु भएका क्लबका सदस्य नन्दराज पाध्याले पनि यस क्षेत्रकाे बारेमा बडिमालिका नगरपालिका विशेष चासाे देखाउनु पर्ने बताए ।पहिलेकाे समयभन्दा अहिले धेरै बिकाश भए पनि बनेका सरचना खासै गतिला नभएको उनकाे दाबि रहेकाे छ ।
उक्त क्षेत्रमा सञ्चालन गर्ने भनिएकाे हाेमस्टे अहिले सम्म पनि सञ्चालनमा आउन सकेकाे छैन्,तर निर्माण भने भईरहेकाे उनले बताए त्यस्तै घुम्न जाने पर्यटककाे लागि दिईने ” बाेका उपहार” पनि अहिले कता हरायाे कता ,त्यस्तै पर्यटन प्रबर्द्धनको लागि पनि नगरले देखाउनु पर्ने चासाे नदिएकाे उनले बताए। जति वडाले चासाे दिएकाे छ त्यति नगरले चासाे दिए थप प्रभावकारी बन्ने उनले बताए । नगर सरकारले राम्रो ध्यान दिएकाे खण्डमा याे क्षेत्र थप प्रचार~ प्रसारमा आउने उनले बताएका हुन् । आज क्लबद्वारा आयोजित पदयात्रा कार्यक्रम सहभागी हुन पाँउदा आफू निकै खुसि भएको उनले बताएका छन् । नयाँ बर्षको अवसरमा उक्त क्षेत्रकाे थप प्रचार प्रसार गर्न क्लबले आयोजना गरेकाे याे कार्यक्रम प्रती आफू निकै खुसि भएको उनले बताए । क्लबलाई यस्तै कार्य निरन्तर गरिरहन पनि उनले आग्रह गरेका छन् ।
कालाजग्रा पर्यटकिय स्थल जिल्लाकाे बडिमालिका नगरपालिका वडा. नम्बर ७ मा पर्ने रमणिय स्थल हाे । जिल्ला सदरमुकाम मार्तडी देखि पैदल यात्रा गर्दै करिब ५/६ घण्टामा उक्त ठाउँमा पुग्न सकिन्छ । समुद्री सतहबाट करिब ३२०० मिटरकाे उचाइमा रहेकाे यस क्षेत्रमा चिमालि,डाफे,लगायतका अन्य जडिबुटी ,पशपक्षी तथा भाैगाेलिक बिबिधता रहेकाे छ ।कहालिलाग्दो भिर पाखालाई छिचाेल्दै गाेरेटाे बाटाे हुदै उक्त ठाउँमा पुग्न सकिन्छ बिशेषत कालाजग्रा गुफाताल,माईकाे मन्दिर,बासुधारा लगायत कुराबाट बढि प्रख्यातमा रहेकाे छ । प्रचार प्रसारका हिसाबले पछाडि परे पनि प्राकृतिक साैन्दयताले कालाजग्रा निकै प्रख्यात रहेकाे छ । उक्त ठाउँमा आन्तरिक पर्यटक संगै बाह्य पर्यटकले अवलाेकन गर्ने गर्दछन्।प्रकृतिकाे खानिकाे रुपमा समेत उक्त क्षेत्र परिचित रहेकाे छ । उक्त क्षेत्रलाई स्वर्ग काे टुक्राको रुपमा पनि पनि लिन सकिन्छ । कतिपय आन्तरिक तथा बाह्य पर्यटकले उक्त क्षेत्रलाई सम्भावना तथा भाैगाेलिक क्षेत्रले धनी स्थलकाे रुपमा वर्णन गर्ने गरेका छन् ।
क्लब द्वारा आयोजित उक्त पदयात्रा कार्यक्रममा क्लबका अध्यक्ष गणेशराज तिमिल्सेना,क्लवका सचिव गाेबिन्द राज तिमिल्सेना,क्लबका सक्रीय सदस्य शुभराज तिमिल्सेना,नन्दराज पाध्यया,खेमराज तिमिल्सेना,महारुद्र तिमिल्सेना,जानकी कुमारी तिमिल्सेना,प्रवेश तिमिल्सेना,सुजन तिमिल्सेना,सम्झना कुमारी तिमिल्सेना,भिम प्रसाद तिमिल्सेना लगायत क्लबका अन्य पदाधिकारि सहित करिब २० जनाकाे उपस्थित रहेकाे थियाे । उक्त पदयात्रा कार्यक्रम सभ्य र भब्य रुपमा सम्पन्न भएको क्लबका सचिव गाेबिन्द राज तिमिल्सेनाले बताएका छन् ।











