बल बहादुर बोहरा,बाजुरा : जिल्लाकाे बुढिनन्दा नगरपालिकामा बिशु पर्व भब्यताका साथ मनाईएकाे छ । आज देखि नयाँ बर्ष प्रारम्भ भए संगै आजैको दिन अर्थात बैशाख १ गते मनाईने बिशु पर्व भब्यताका साथ मनाईएकाे बताईएकाे छ । आजबाट नयाँ वर्ष अर्थात विक्रम सम्वत् २०८१ साल सुरु भएको दिनकाे अवसरमा हरेक बर्षझै मनाईने उक्त पर्व याे बर्ष नयाँ साल संगै भब्यताका साथ मनाईएकाे हाे ।
बिशेषत बुढिनन्दा नगरपालिकाकाे वडा नं.३ सिराडी, वडा नं.७ वडा नम्ब र ५ काे खुया वडा नं. १० काे पाण्डैुसनमा विभिन्न कार्यक्रम गरि उक्त बिशु पर्व मनाईएकाे हाे । साथै पालिकाभरिका अन्य वडाहरुमा पनि बिबिध कार्यक्रम गरि बिशु पर्व मनाईएकाे छ । प्रत्येक बर्ष उक्त पालिकाकाे सबै वडामा याे बिशु पर्व धुमधामका साथ मनाईने गरिन्छ याे बर्ष पनि धुमधामका साथ मनाईएकाे हाे
बिशेषत नयाँ वर्षमा कुनै प्रकारको बिसहरू नलागुन भनेर यो पर्व मनाउने गरिन्छ । एक आपसमा सिस्नु लगाउने प्रचलन यो पर्बमा गर्ने गरिन्छ।विशेष गरि देवर भाउजु र समकालिन साथीहरूलाई सिस्नु लगाइ रमाइलो गर्ने गरिन्छ । बाजुरेलि समुदायमा सिस्नु लागाउने मात्र नभइ दहि चिउरा बल गरेर खुवाउने पनि गरिन्छ । यस पर्वका मूल रूपमा विषुवत संक्रान्तिका अवसरमा धार्मिक कृतिहरू बिमोचन गर्ने, पुजापाठ गर्ने, दान दक्षिणा दिने जस्ता धार्मिक कार्य गरिन्छन् ।
बिशु पर्वकाे अवसरमा बुढिनन्दाका विभिन्न ठाउँमा डेउडा, पिङ्ग,भलिबल लगाएत खेलहरु खेलेर भब्यताका साथ बिशु मनाईएकाे छ । साथै नयाँ वर्षको एक आपसमा शुभकामना आदानप्रदान कार्यक्रम पनि गरिएको जनाईएकाे छ ।नयाँ वर्षमा राम्रो सफलता मिलाेस्, भन्दै ,एक अर्कामा , मिस्ठान्न भोजन बाँड्दै, साँस्कृतिक कार्यक्रम गर्दै बिशु पर्व मनाईएकाे हाे ।











