युनिकोड    राशिफल    एफएम रेडियाे                        
443 पटक पढिएको

गोबिन्द्र राज तिमिल्सेना, बाजुरा: जिल्लाकाे बडिमालिका नगरपालिका वडा.नम्बर ७ मा रहेकाे जिल्लाकै पर्यटकीय तथा धार्मिक स्थल कालाजग्रा पर्यटकको प्रखाईमा रहेकाे छ ।यहाँ परापुर्ब काल देखिकाे गुफाताल,बासुधारा लगायत कालिका माईकाे मन्दिर रहेकाे छ । यस ठाउँ गुफाताल,बासुधारा तथा मन्दिर धेरै पुरानाे मानिन्छ। मन्दिरकाे पुन: निर्माण गरि गुणस्तरिय बनाईएकाे भए तापनि पहिले उक्त मन्दिर भएको ठाउँमा पुरानाे सानाे मन्दिर रहेकाे बताईन्छ ।

 

 

उक्त पर्यटकिय स्थल पछिल्लाे समय पर्यटको प्रखाईमा रहेकाे छ । आन्तरिक तथा बाह्य पर्यटकको ओझेलमा परेकाे उक्त क्षेत्रमा विशेष गरि घुम्न आउँने पर्यटकको सङ्ख्या कम भएको हुदा उक्त क्षेत्रकाे बिकाश भएको भएता पनि अहिले कालाजग्रा पर्यटकको प्रखाईमा बसिरहेकाे छ । पुर्बी उत्तरि भेगकाे बुढिनन्दा बाट पनि नजिकै पर्ने उक्त क्षेत्र बिशेषत बडिमालिका नगरपालिकाकाे एक धार्मिक तथा पर्यटकिय स्थल हाे । जिल्लाकाे बडिमालिका नगरपालिका संग जोडिएको दिव्य सुन्दर ऐतिहासि तथा धार्मिक पवित्र ठाउँ कालाजग्रा हो। यसलाई कालिका देविकाे थानका रुपमा पनि चिनिने गरिन्छ

 

कालिका देविकाे दर्शन पाउनकाे लागि उक्त ठाउँमा जान आबश्यक रहेकाे बुढापाखा बताउने गर्दछन्। मनकाे मनाेकाङ्क्षा पूरा गर्न,पाप नष्ट गर्न र कालिका माईकाे वर पाउनकाे लागि विभिन्न ठाउँबाट आन्तरिक तथा बाह्य पर्यटक उक्त ठाउँमा जाने गर्दछन्। सुदुरपश्चिम प्रदेशकाे बाजुरा जिल्लाकै एक ऐतिहासिक तथा धार्मिक पर्यटकीय दिव्य देव स्थल भएको हुनाले यसलाई अहिले बडिमालिका नगरपालिका र वडा नम्बर ७ काे वडा कार्यालयले विशेष सहयाेग गरेका छन् । बढिजसाे वडा नम्बर ७ वडा कार्यालयले यसकाे बिकाश संगै पर्यटन प्रबर्द्धन गर्न धेरै सहयाेग गरेकाे छ ।

 

वडा कार्यालयको प्रयासले उक्त रमणिय तथा धार्मिक स्थल कालाजग्रामा,विभिन्न सरचना धमाधम निर्माण भएका छन् भने कतिपय निर्माण हुने तयारीमा रहेका छन् । उक्त क्षेत्रमा गाेरेटाे बाटाे लाई मर्मत गरि सिढिकाे रुपमा परिवर्तन गरिएका छन्। उक्त सिढिकाे सहायताले यात्रा निकै सहज र सरल बनाएकाे छ । त्यस्तै घुम्न जाने पर्यटकको लागि हाेमस्टे तथा खर्क स्टे पनि निर्माण भईरहेका छन् । धेरै भन्दा धेरै लागतमा उक्त ठाउँमा भ्यु टावर पनि निर्माण गरिएको छ
उक्त टावरले आन्तरिक तथा बाह्य पर्यटन भित्राउनमा सहयाेग पुग्ने पनि बिश्वास लगिएको छ । कहालिलाग्दो चट्टाने भिरमा रहेकाे उक्त क्षेत्रलाई अहिले सुबिधा सम्पन्न बनाउन निकै प्रयास गरिएको छ।

 

त्यहाँ घुम्न जाने पर्यटकको लागि,विभिन्न सुबिधाहरुकाे पनि ब्यबस्था गरिएको छ । कालाजग्रा गुफाताल मन्दिर सरक्षण तथा सम्बद्धन समिति गठन गरेर त्यहाँ घुम्न जाने पर्यटकको लागि विभिन्न प्रकारका पर्यटकलाई आबश्यक पर्ने सामाग्री जस्तै: पिकनिक भाडाकुडा,बाईनाकुलर,टेलिस्काेप,खाद्यान्न तरकारि ब्यबस्थापन पाेशाक,पर्यटकलाई गाईट लाईन पुजा सामागी भरिया लगायत अन्य सेवा सुबिधा गराईएकाे र त्यसबाट सङ्कलित भएको रकमले साेहि ठाउँको बिकाशकाे लागि उक्त रकम खर्च गरिने पनि कालाजग्रा गुफाताल मन्दिर सरक्षण तथा सम्बद्धन समितले जनाएको छ । विभिन्न सामाग्रीहरुको फरक फरक मुल्य निर्धारण गरिएको र साेहि अनुसार आन्तरिक तथा बाह्य पर्यटकको लागि उक्त क्षेत्र भ्रमण गरे वाफत शुल्क लगिने निणर्य पनि गरिएको बताईएकाे छ ।

 

यस क्षेत्रमा पदयात्रा सजिलाे बनाउ ठाउँ ठाउँमा चाैतारि,सिढि निर्माण गरिएका छन् । त्यसैगरी उक्त क्षेत्रकाे बिकाश गर्न नगरपालिका र वडाले समेत सहयोग गरेका छन। उक्त क्षेत्रमा रहेकाे गुफाताल सरक्षणकाे लागि वरिपरि घेरबार समेत लगाईएकाे छ । मन्दिर क्षेत्रलाई काे वरिपरि पनि घेरबार लगाईएकाे छ । सिरसिरे हावा,ठण्डाे पानी,पाईने यस क्षेत्रमा डाफे,मुना,मृग,चिमालि,कटुस,बाजडि लयातका पशुपक्षि जडिबुटी तथ बनस्पति पाईन्छन्।जिल्ला सदरमुकाम बाट करिब ५/६ घण्टाकाे पैदल यात्रा पछि उक्त क्षेत्रमा पुग्न सकिन्छ । बिचमा कुनै हाेटल तथा पशल नभएका कारण ढम्कनेबाट खानेकुरा सर~ सामान किनेर लिने गर्नु पर्दछ । उक्त ठाउँको बाशुधारा एकदमै राम्रो रहेकाे छ । मानिस जति बाेल्याे त्यति नै त्यहाँकाे पानी जमिने खस्ने अनाैठाे रहेकाे छ ।

 

 

यहाँ अति सुन्दर पवित्र धामका साथै देविकाे दर्शन गर्न लामाे भिड लाग्ने गर्छ । साउन भदौकाे महिनामा यहाँको वातावरण एकदमै रमाइलो चारैतिर फुलहरुकाे सुगन्ध बास्नाले त्यहाँको वातावरण नै निकै राम्रो हुन्छ । पबित्र धार्मिक तथा देविकाे रुपमा मा यस कालाजग्रालाई लिन सकिन्छ । यहाँ आन्तरिक पर्यटकहरू आउने गरेकाे भए तापनि बाह्य पर्यटक आउने क्रम धेरै कमि हुन्छ । बाह्य पर्यटकले कमै रुपमा यात्रा गर्ने गर्दछन्।त्यहि भएर जति सुबिधा सम्पन्न भएको भए तापनि कालाजग्रा पर्यटकको पखाईमा रहेकाे छ ।यसकाे कमै मात्रामा प्रचारप्रसार हुनु नै पर्यटक कम भित्रिएकाे बुझिन्छ । यस पवित्र धामलाई अझै प्रचारप्रसार गरेर बाहिर ल्याउन सबै स्थानीय सरकार प्रदेश संघ सरकारको आवश्यक रहेकोे देखिन्छ । यहीँ स्थानीयहरुको उत्तिकै भुमिका रहेकोे छ। जहाँ पवित्र धाम संगै सुन्दर ठाउँ अहिलेसम्म पनि प्रचारप्रसारकाे कमिका कारण पर्यटकको पर्खाईमा कालाजग्रा रहकाे छ ।

 

समुद्री सतहबाट करिब ३२०० मिटरकाे उचाइमा रहेकाे याे धार्मिक तथा पर्यटकिय क्षेत्र अग्ला डाडाेमा दुई डाडाकाे एक डाडाेमा अबस्थित रहेकाे छ । अच्चम के छ भने अल्लाे डाडाे माथि समथल ठाउँ र ढुङ्गामा उक्त स्थल रहेकाे छ । यस्ताे डाडामा पनि कसरी समथल स्थल र मन्दिर भयाे हाेला भनेर घुम्न जाने पर्यटक अच्चमित हुने गर्दछ । त्यस्तै मन्दिरकाे फेदिमा रहेकाे गुफाताल पनि अच्चमित रहेकाे छ । त्यस्ताे भिर चट्टानमा पनि पानिकाे तलाउ रहेकाे छ। उक्त तलाउ देख्नमा सानाे भए तापनि त्यहाँको गहिराई र पानी कति छ भनेर अझै ठम्याउन सकिएकाे छैन् । गुफाताल एकदमै घनघाेर र डरलाग्दाे देखिन्छ ।यति सम्भावना बाेकेकाे कालाजग्रा मात्रै प्रचार प्रसार र पर्यटकको पर्खाइमा रहेकाे छ।यसकाे प्रचार प्रसार गर्न स्थानिय,प्रदेश तथा सरकारबाट सहयाेग मिले याे क्षेत्र निकै परिचित हुने थियाे तर त्यस्ताे नभएका कारण मात्रै यहाँ पर्यटकको सङ्ख्या कम हुने गर्दछ। ” प्रकृतिकाे अनुपम स्थल कालाजग्रा” स्वर्ग भित्र लुकेकाे अर्को नयाँ पहाड” प्राकृतिक र सम्भावनाकाे खानी” नाैरङ्गे साडिमा टिमिक्क उनिएकि अप्सरा जस्तै देखिने त्यहाका डाडापाखा” अहिले पर्यटकको पर्खाइमा रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!