गोबिन्द्र राज तिमिल्सेना,बाजुराः मुगु जिल्लाको खत्याड गाउँपालिका वडा.नं.९ नखर्जीका लालबिर सार्कीका १९ बर्षिय छोरा नवराज सार्की अहिले आर्थिक अभावका कारण जिवन मरणको दोषधमा रहेका छन् ।मुम्बईको पनवेल करांजडा भन्ने ठाउँमा मोटरसाइकल दुर्घटनामा परी गम्भिर घाइते भएका सार्की अहिले अस्पतालको बेडमा मृत्यु संग लडिरहेका छन् । मोटरसाइकल दुर्घटनामा घाइते भएका सार्कीको अहिले न्यु मुम्बईमा रहेको M .G.M हस्पिटलमा उपचार भईरहेको छ । उपचारत सार्कीको उपचार खर्च सोचेभन्दा धेरै लाग्ने भएका कारण उनी अस्पतालको बेडमा छटपटाई रहेका छन् । उनको घरको आर्थिक अबस्था पनि निकै कमजोर रहेका कारण उनलाई सोचेजति उपचार खर्च जुटाउन नसक्दा समस्या भइरहेको पारिवारीक श्रोततले जनाएको छ ।
घरको आर्थिक अबस्था निकै नाजुक भएको उनको घरपरिवारले उपचारको लागी अहिले सबैलाई आर्थिक सहयोग गर्न अपिल गरेका छन् । मुम्बईमै काम गरीरहेका नविन रम्तेलले आफ्नो कमाई गरेको खर्च सबै लगाउँदा पनि उपचार सम्भव भएको छैन उपचार खर्च जुटाउन म अझै लागी परेको छु उनले बताएका छन् । साथै सबैले सक्दो सहयोग गरिदिन हुन पनि उनले आग्रह गरेका छन् । सार्की उहाँको नाताले रम्तेलको मामाको छोरा अर्थात भाई पर्नुहुन्छ । मोटरसाइकल दुर्घटनामा गम्भिर घाइते भएका भाईको उपचार गर्न देश तथा बिदेशमा रहेका सबै सहयोगी मनहरुले सक्दो सहयोग गर्न उनले अपिल गरेका छन् । सहयोगी मनहरुले सम्पर्कको लागी ८१०४२०८५४० G pay फोन pay र +९१९३२६८७९७०९ मा सम्पर्क गरेर सक्दो सहयोग गरिदिन हुन उनले आग्रह गरेका छन् ।